१२ असार २०८३, शुक्रबार | June 26, 2026

टोकियो ओलम्पिक : चीन ७० पदकसहित शीर्षस्थानमा



काठमाडौंं । जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।

चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गर्न सफल भएको छ ।

यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १५ कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ । अस्ट्रेलिया १५ स्वर्ण, चार रजत र १७ कास्य पदकसहित पाँचौँ स्थानमा छ । यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौँ स्थानमा झरेको छ । उसले १४ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ ।

जर्मनी नौ स्वर्ण, आठ रजत र १६ कास्यसहित सातौँ, फ्रान्स ६ स्वर्ण, १० रजत र नौ कास्यका साथ आठौँँ, इटली ६ स्वर्ण, नौ रजत र १६ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् ६ स्वर्ण, आठ रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिसकेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ९ : ०८ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका