१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पश्चिम नेपाल बस ब्यवसायी प्रालिद्धारा ७ लाख ५२ हजार सहयोग



बुटवल । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा पश्चिम नेपाल बस व्यवसायी प्रालीले ७ लाख ५२ हजार रुपैया सहयोग गर्ने भएको छ ।

शुक्रवार सम्पन्न संचालक समितिको बैठकले कोरोना महामारी विरुद्धको अभियानमा सरकारलाई सघाउन उक्त सहयोग गर्ने निर्णय गरेको प्रालीका अध्यक्ष दधिराम खरेलले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका लागि संघसंस्थाहरुको संजालमा ५ लाख रुपैया, बुटवल उपमहानगरपालिकाले स्थापना गरेको कोषमा २ लाख १ हजार र बुटवल उपमहानगरपालिकाकै वडा नं. ४ मा ५१ हजार रुपैया दिने निर्णय गरेको अध्यक्ष खरेलले जानकारी दिए ।

लुम्बिनी प्रँदेशिक अस्पतालको स्तरउन्नती र बिकासका लागि रकम आवश्यक देखिएको छ हामी थप सहयोग समेत गर्ने छौ अध्यक्ष खरेलले भने । रुपन्देहीमा कृयाशिल संघ संस्थाहरुको संजालको बैठकले यस अघि नै कोरोना विरुद्धको अभियानको लागि संयुक्त रुपमा रकम संकलन गर्ने निर्णय गरेका छन् ।

जसअन्तर्गत प्रालीले ५ लाख, यातायात मजदुर तथा व्यवसायी भलाई कोषले ५ लाख, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघले तिन लाख एकाउन्न हजार दरले सहयोग प्रदान गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।

भने अन्य संस्थाहरुले समेत २५ हजार देखि २ लाख सम्म सहयोग गर्ने घोषण गरेको र रकम जम्मा हुने क्रममा रहेको रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराले बताए ।

यस्तै प्रालीको संचालक समिति बैठकले आगामी बैशाख महिनामा गर्ने भनिएको प्रालीको अधिवेशन अर्को निर्णय नभएसम्म स्थगित गरिएको अध्यक्ष खरेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ४ : ५६ बजे

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण