२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रिमियर लिग : चेल्सी र लिभरपुलको उत्कृष्ट सुरुवात



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले एक एक गोल गरे ।​ स्टामफोर्ड ब्रिजमा खेलको २७ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा चालोबाहले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए । जितसँगै चेल्सीले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।

अर्को खेलमा लेष्टर सिटीले उल्भ्सलाई १-० गोल अन्तरले हरायो । यस्तै गएराति नै भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-० गोल अन्तरले पराजित गर्यो ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ३३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति