१९ बैशाख २०८१, बुधबार | May 2, 2024

बाग्मती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुने निश्चित



काठमाडौँ । बाग्मती प्रदेशले एकै कार्यकालमा दोस्रो मुख्यमन्त्री पाउने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री फेरिएसँगै बाग्मतीमा पनि मुख्यमन्त्री परिवर्तन हुने भएको हो । दुई प्रदेशमा सत्तारुढ एमालेलाई हटाएर अर्को पार्टीका नेता मुख्यमन्त्री बनेपनि बाग्मतीमा भने एमालेबाटै मुख्यमन्त्री चयन हुने निश्चित भएको छ । एमाले संसदीयदलले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेपछि अव प्रदेशमा मुख्यमन्त्रीमा शाक्य नियुक्त हुने भएकी हुन् ।
मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि एमाले संसदीयदलले सर्वसम्मत शाक्यलाई दलको नेता बनाइएको हो ।
हेटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ४ : ३४ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी