२३ माघ २०८२, शुक्रबार | February 6, 2026

माधव नेपाल नेतृत्वकाे नेकपा (एस) र महन्थ नेतृत्वकाे लोसपालाई निर्वाचन आयोगले सनाखत गर्न बोलायो



काठमाडौं । निर्वाचन आयोगमा नयाँ दर्ता भएका दुई पार्टीलाई आयोगले सनाखतका लागि बोलाएको छ । आयाेगले माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ता प्रक्रियाका लागि भदौ ९ गते सनाखतका लागि बोलाएको हो ।

भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोगले जनाएको छ । आयोगले दल दर्ताका लागि सूचीकृत गरिएका सदस्यहरुको नागरिकतासहित आयोगमा उपस्थित हुन भनिएको छ ।

प्रस्तावित दुवै पार्टीले शुरुमा नेकपा एमाले र जनता समाजवादी पार्टीसँग नाम मिल्दोजुल्दो राखेको भन्दै आयोगले असहमति जनाएपछि दुबै पार्टीले अर्को नाम प्रस्ताव गरेका थिए ।

दल विभाजनसम्बन्धि अध्यादेश जारी भएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएर बुधबार नयाँ दल दर्ताको निवेदन आयोगमा परेको थियो ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ५ : २१ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस