१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

लकडाउनबारे निर्णय लिन बोलाइएको मन्त्रिपरिषद् बैठक सर्‍यो



काठमाडौ । लकडाउन के गर्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक बेलुकी ५ बजेसम्मलाई सरेको छ । प्रधानमन्त्रीको व्यस्ताले गर्दा बैठक सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले लकडाउनका विषयमा कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिमसँग छलफल गर्ने तयारी छ । यसअघि मन्त्रिपरिषद् बैठक दिउँसो दुई बजेका लागि बोलाइएको थियो ।

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्यदलको सुझावका आधारमा एकहप्ता लकडाउन थप्न सुझाव दिएको थियो ।

अर्को हप्तादेखि भने लकडाउनलाई खुकुलो बनाउने सुझाव पनि समितिको कार्यदलले दिएको छ । चैत ११ गतेदेखि जारी लकडाउन भोलि सकिदैछ ।

लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रण उन्मुख भएको उच्चस्तरीय समितिको निष्कर्ष छ । उच्चस्तरीय समितिमा भने कम प्रभावित क्षेत्रमा लकडाउन खुकुलो बनाउने विषयमा पनि हिजो छलफल भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ४६ बजे

इलाम-२ मा सुहाङ नेम्वाङ विजयी

इलाम । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि