२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

लोकगायक बमबहादुर कार्कीको दशैं कोशेली : ‘चाईना टाउन, अहिलेको दशैंमा पाईन आउन’ (भिडियो सहित)



काठमाडौं । ठेट नेपाली लोकभाकाका सर्जक बम बहादुर कार्कीले बडा दशैंलाई लक्षित गर्दै आफ्नो नयाँ लोकगीत सार्वजनिक गरेका छन् । विदेशमा रहेका नेपालीले दशैं मान्न घर आउन नपाएको पिडालाई समेटेर कार्कीले लोकगीत तयार पारेका हुन् ।

सर्जक एवं गायक बमबहादुर कार्की आफैले संकलन र संगीत दिएका ‘चाईना टाउन, अहिलेको दशैंमा पाईन आउन’ बोलको लोकगीतको संगीत संयोजन आईसी लामाले गरेका छन् भने पर्शराम चौधरीले रेकर्डिङले गरेका छन् । गोरखा म्युजिकबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा दशैंसँग जोडिएका नेपाली कला र संस्कृतिलाई समटिएको छ ।

गुल्मी र अर्घाखाँचीमा प्रसिद्ध सराय नाचलाई म्युजिक भिडियोमा प्राथमिकताका साथ समावेश गरिएको छ । गुल्मी र अर्घाखाँचीमा दशैंमा सराया नाचको विषेश महत्व रहने गरेको छ । हुम गैरेले भिडीयोको निर्देशन गरेका छन् भने म्युजिक भिडियो शिवा आले कार्कीले निर्माण गरकी हुन् ।

भिडियोमा समावेश गरिएको चर्खे पिङ, लिङ्गे पिङ, पहाडी भेगको च्याङ्ग्रा पालनको दृष्यले गाँउघरमा आएको दशैंको झल्कोलाई जस्ताको तस्तै उजागर गरेको छ । कामको शिलशिलामा विदेशीएको नेपालीले गाँउघरको दशैंलाई सम्झेर कसरी जिवन विताउँछन् भन्ने वास्तविकतालाई लोकगीतमा उतार्ने प्रयास भएको संकलक तथा गायक बम बहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १० : ३५ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा