९ चैत्र २०८२, सोमबार | March 23, 2026

तिलोत्तमा नगरमा बांझो खेत नराख्ने निर्णय कार्यान्वयन भएन



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिगत १ वर्ष देखि नगरपालिका भित्र खेती योग्य जमिन बांझो राख्न नपाईने नियम बनाए पनि नगरपालिकाकै छेउछाउको जमिन बांझो देखिएपछि यस वर्ष देखि कडाई गर्ने भएको छ ।

तिलोत्तमा नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा नै आफ्नो निती तथा कार्यक्रम बनाउंदा नगर भित्रका जमिन बांझो राख्न नपाउने निती अगाडी सारेको थियो । नगरलाई कृषिमा आधारीत बनाउने भन्दै खेतीयोग्य जमिन बांझो राख्न नपाउने भनिएपनि बांझो राख्ने जग्गावालालाई के कस्तो कारवाहि गर्ने भन्ने बिषयमा कानुन बन्न नसक्दा नगरपालिकाको निर्णय कार्यान्वयन हुन सकेन ।

नगरपालिका कार्यालय रहेकै वरिपरि धमाधम खेत बांझो देखिएपछि यस वर्ष भने तिलोत्तमा नगरपालिकामा खेति बांझो राखेको पाईएमा संधियारलाई वा समुह बनाई नगरपालिकाले नै निर्णय गरेर खेती गर्न दिने भएको छ ।

अघिल्लो वर्ष निती बनाएर पनि कडाई नगर्दा जग्गाधनीले अटेर गरेको नगरपालिकाको ठहर छ । जग्गा धनी आफैले मनन् गरेर खेति गरुन भन्ने उद्देश्यले कडाई नगर्दा अधिकांस खेत बांझो रहेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमीरे स्विकार गर्नुहुन्छ । कोरोना भाइरसको माहामारीका कारण आउन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै यस वर्ष भने बांझो खेत राख्न नदिने गरि कार्ययोजना बनाईएको नगरप्रमुख घिमीरे बताउनु हुन्छ ।

तिलोत्तमा नगरपालिकामा ८७ बर्ग किलोमिटर क्षेत्र खेतियोग्य रहेको नगरपालिकाले तथ्यांक निकालेको छ । नगरपालिकाको बांझो खेत राख्न नपाउने निती बनाएपनि मल बिउ र सिंचाईका अभावमा नगरपालिका भित्र खेती गर्न सजिलो नभएको किसानहरुले बताएका छन् । मल, बिउ तथा खेति गर्ने वाताबरण पनि नगरपालिकाले ब्यवस्थापन गर्न सके खेत बांझो रहन नदिने निती सफल हुने स्थानीय किसान कृष्ण प्रसाद पन्थी बताउनुहुन्छ ।

तिलोत्तमा कै अर्का किसान कांसिराम सुबेदीले पनि नगरपालिकाको निर्णय स्वागत योग्य भएको बताउंदै बांझो रहेको खेत संधियार, कृषक समुह वा आमा समुह जस्ता संस्थाबाट खेति गराई उत्पादन बढाउनु पर्ने सुबेदीको भनाई छ ।

 

नगरपालिकाको निर्णय स्वागत योग्य र प्रगतिशिल भएपनि कानुनीरुपमा कसैको स्वामित्वमा रहेको जमिन अरु कसैलाई खेती गर्न दिने कानुनी प्रावधानलाई नगरपालिकाले ख्याल गर्न जरुरी देखिन्छ । कानुनी प्रक्रिया समेत मिलाई भएका निर्णय कार्यान्वयन गर्न सके तिलोत्तमा कृषि क्रान्तिका लागि पनि नमुना नगरपालिका बन्न सक्ने छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : १२ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत