१६ माघ २०८२, शुक्रबार | January 30, 2026

इम्प्रेसन्स इन्टरटेनमेन्टले गर्यो शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीतको म्युजिक भिडियो रिलिज



काठमाडौ । इम्प्रेसन्स इन्टरटेनमेन्ले शिव परियारको पिउन सुरु गरेपछि गीतको म्युजिक भिडियो रिलिज गरेको छ ।

“पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।

डेलिस ओपेरा बालुवाटारमा एक कार्यक्रमका बीच काठमाडौँका प्रहरी प्रमुख अशोक सिंहको प्रमुख आतिथ्यमा उक्त गीतको म्युजिक भिडियो मिडिया हबको च्यानल मार्फत रिलिज भएको हो ।

आफ्नो व्यस्तताका बीच उपस्थित भएका प्रहरी प्रमुख अशोक सिंहले कार्यक्रममा सहभागी भएकोमा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

कार्यक्रमको दौरान गायक शिव परियारले पनि गित बनाउदाको रमाइलो पल सम्झिनुका साथै पुष्प खड्कासंग फेरी काम गर्दाको खुसी व्यक्त गरेका थिए । साथै, शंकर अधिकारीले गितको प्रसंसा गर्दै नायक, नायिका अनि सम्पूर्ण टिमको प्रसंसा गरेका थिए र नायक पुष्प खड्काले रबिन स्वप्निल गिरीको स्मरण गर्दै सम्पूर्ण टिम अनि नेपालीमा दशैंको शुभकामना व्यक्त गरेका थिए ।

मनोरञ्जन उद्दोगका सिद्द हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनममा यस गितको छायाङ्कन सम्पन्न भएको थियो ।

रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।

मिडिया हब प्रा लि बाट पहिलो म्युजिक भिडियोको रूपमा आज घटस्थापनाका दिन, रिलिज गरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : ३० बजे

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र

सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शहीदका सपना पूरा