१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

दशैँका बेला सर्वाधिक बज्ने गीतहरू (हेर्नुहोस् भिडियो)



काठमाडौं । नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गरेर धेरै गीत तयार भएका छन् । हरेक वर्ष दशैँ अगाडि लक्षित गीतहरू सार्वजनिक हुने गरेका छन् ।

दशैँका धेरैजसो गीतले परदेशमा रहेका र मुग्लान भासिएकाहरूको भावनाको प्रतिनिधित्व गर्छन् । यद्यपि त्यस्ता सबै गीत स्थापित हुन भने सकेका छैनन् । बर्सेनि दशैँलाई नै लक्षित गरी अनेकौं गीत तयार भए पनि पुराना गीतहरूको दबदबा कायमै छ । कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौंदेखि बजिरहेका छन् । दसैंका अधिकांश गीतमा जन्म गाउँ छाडेर विदेशीएका वा काम विशेषले टाढा रहेकाहरूको कथा समेटिएको पाइन्छ ।

महान पर्व विजयादशमी अर्थात् बडादशैँमा मालाश्री धुनले बेग्लै उत्साह थप्छ । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दशैँको रौनक भित्र्याउँछ भन्दा अत्युक्ति हुँदैन । करिब चार सय वर्ष पुरानो मानिएको मालश्री धुनको पनि बेग्लै महत्व छ । यहाँ दशैँ महसुस गराउने केही गीतसंगीतको चर्चा गरिँदैछ ।

दशैँ आयो

नेपाली फिल्म ‘मुग्लान’मा समावेश ‘दशैँ आयो’ गीतले घर आँगनमै दशैँ भित्रिएको अनुभूत गराउँछ । लोकनाथ सापकोटाको शब्दको यो गीतमा उदितनारायण झा तथा दीपा झाले स्वर दिएका छन् । यसमा संगीत सुरेश अधिकारीको छ । रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूति एवं घर/परिवारको खुसियाली समेटिएको गीतको भिडियो पनि उत्तिकै मार्मिक छ । यो गीत घन्किन थालेपछि दशैँको अनुभूति हुने गरेको छ । आजभन्दा १८ वर्ष अगाडि तयार भएको गीतले डिजिटल पुस्तामाझ पनि यस गीतको उत्तिकै वर्चश्व छ ।

विछोडको पीडा

स्वरसम्राट नारायणगोपालको स्वर रहेको ‘विछोडको पीडा’ पनि दशैँमा बज्ने गीतमध्येको एक हो । नारायणगोपालसँगै दिलमाया खातीले स्वर भरेको यस गीतले दशैँमा गाउँ फर्किरहेका युवाहरूको प्रतिनिधित्व गरेको छ । ‘विछोडको पीडा नसकी खप्न दशैँको बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ । यो गीत ४० वर्षअघि रत्नशमशेर थापाले लेखेका थिए ।

वर्षमा दिनमा लै लै

दशैँ/तिहारको उत्साह, उमंग र दुस्खलाई प्रतिनिधित्व गर्ने यो गीतमध्येको एक हो सुगम पोखरेलको यो गीत । उनकै संगीत तथा स्वर रहेको गीतलाई रवि श्रेष्ठले लेखेका हुन् । परदेशीले घर/परिवारप्रति पोखेको वेदनासहितको यो गीतमा दशैँमा छोराको बाटो कुरिरहेका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ ।

दशैँ नै हो कि यो मेरो दशा

दशैँको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दशैँ नै हो कि’ । योगेश्वर अमात्यले स्वर दिएको यो गीतमा दशैँको उत्साह उमंगसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ । आयस्रोत कमजोर भएका मानिसहरूका लागि दशैँ दशा बनेर आउने यथार्थलाई यो गीतमा उतारिएको छ ।


रातो टीका निधारमा

दशैँमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ मा सबैभन्दा अगाडि आउँछ । यसमा दशैँको उत्साहलाई चित्रण गरिएको छ । दुई दशक अगाडि अशोक शर्माले निर्देशन गरेको अल्लारे चलचित्रमा समावेश गीतमा राजेश हमाल र करिश्मा मानन्धरको नृत्य देख्न पाइन्छ । गीतलाई सहदेव ढुंगानाले लेखेका हुन् भने शम्भुजित बाँस्कोटाको संगीत छ । उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका छन् ।

यो गीतलाई अशोकले नै पुनः रि/क्रिएट गरेर आफ्नो फिल्म ‘रातो टीका निधारमा’ मा राखेका छन् । गीतको नयाँ भर्सनमा गीतमा प्रमोद खरेल र गायिका मेलिना राईले स्वर दिएका छन् । नयाँ भर्सनको गीतमा अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्माको नृत्य देख्न सकिन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ५१ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति