२ श्रावण २०८३, शनिबार | July 18, 2026

मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त



मुगुमा मङ्गलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरुले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

मुख्यमन्त्री शाहीले दुर्घटनाको सूचना पाउने बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधिलगायतलाई धन्यवाद दिएका छन् । त्यस्तै, चाडपर्वका बेला सवारीसाधनमा हुने भीडभाड कम गर्न, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न तथा ट्राफिक नियमको पालनालाई कडाइ गरी दुर्घटना न्यूनीकरणको व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालालाई निर्देशनसमेत दिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

नेपालगञ्जबाट सोमबार छुटेको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बस मङ्गलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिकाको वडा नं ७ स्थित पिनातपने खोला नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुका साथै १३ घाइते भएका थिए । घाइतेको मुगु जिल्ला अस्पताल, बाँकेको नेपालगञ्ज र कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : ०२ बजे

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो