३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

बाँके-बर्दियाका ३ मन्त्रीकाे दशैं मनाउने यस्ताे छ योजना



नेपालगन्ज । बाँकेबाट संघिय र प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीहरुले दशैंलाई फरक फरक ढंगले मनाउने भएका छन् । संघिय सरकारमा खेलुकुद तथा युवा मन्त्रालय सम्हालेका मेहेश्वर गहतराज अथक विगत ३ दिन देखि गृह जिल्लाकै कार्यकर्ता र मतदाता भेटघाटमा ब्यस्त छन् भने प्रदेश सरकारका सूचना तथा सञ्चार मन्त्री तिलकराम शर्माले गृह जिल्ला बर्दियाका जनयुद्धका शहिद तथा बेपत्ता परिवारसँग भेटघाटलाई तिब्र बनाएका छन् । प्रदेशकै अर्का बन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल भने दर्शै मनाउन काठमाडौं पुुगेका छन् ।

बाँकेबाट प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीको दशैं मनाउने कार्यक्रम पनि फरक फरक रहेको छ । संघिय सरकारका खेलकुद मन्त्री महेश्वर गहतराजले दशैंको टिका नलगाउने भएका छन् । उनले जनयुद्धका क्रममा आफ्नो सहोदर भाई संकल्पको साहदात पछि नै दशैं नमनाउने गरेको खबरकुरासँग बताए । ‘भाईको साहदात पछि दशै मनाउन मन लागेन’, उनले बताए । तर आफन्त, मान्यजन र पार्टीका कार्यकर्ताहरुसँग भेटघाट गर्ने फोन गरेर शुभकामना आदान प्रदान गरेर दशैं मनाउने कार्यक्रम रहेको गहतराजले बताए ।

उता माओवादीबाटै प्रदेश सरकारमा सञ्चार मन्त्री बनेका तिलकराम शर्माले भने आफ्नो ८० वर्ष नाघेकी सासु आमाको हातबाट टिका थाप्ने कार्यक्रम बनाएका छन् । मन्त्रीको सपथ खाएपछि २ वटा मन्त्रिपरिषदको बैठक सकेर गृह जिल्ला फर्केका शर्माले शहिद परिवार र बेपत्ता तथा घाईतेहरुको परिवारसँग भेटेर आशिर्वाद लिएको खबरकुरासँग बताए । दशैंको दिनमा आफन्त र परिवारका सदस्यहरुका बीच टिका थाप्ने काममा ब्यस्त भईने उनले बताए । ‘श्रीमती जीले ८० नाघेकी आमाकोमा टिका थाप्न जाउँ भनेकी छिन्, त्यता गईन्छ होला ।’ मन्त्री शर्माले भने ।

बाँकेबाट लुम्बिनी प्रदेश सरकारका मनत्री बनेका सुरेन्द्र हमाल भने दशैं मनाउन काठमाडौं पुगेका छन् । आफन्तहरु र नाता कुटुम्बहरु काठमाडौमा नै बसोबास गर्नेको संख्या धेरै भएका कारण दशैं मनाउन काठमाडौं गएको मन्त्री हमालले बताए । उनको दशैं आफन्तकोमा टिका लगाउनमा नै बित्ने उनले बताए । हमालले काँग्रेस सभापति शेरबहादुर देउवाबाट टिका थाप्न जाने योजना बनाएका छन् । ३ दिन मन्त्री बनेर बाहिरिएका हमालका सहोदर दाजु गजेन्द्र हमालबाट टिका थापेपछि उनी देउवासँग टिका लगाउन जाने भएका छन् । जिल्लाका मतदाताहरुसँग भेटघाट गर्न १ गते मात्र नेपालगन्ज आउने कार्यक्रम बनाएको उनले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ९ : ३७ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष