६ भदौ २०८३, शनिबार | August 22, 2026

मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने छ : प्रधानमन्त्री देउवा



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

ईस्लाम धर्मका प्रवर्तक हजर मोहम्मदको जन्म दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले मोहम्मद दिवस पवैले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । देउवाले मोहम्मद दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त भनेका छन्, -“महामारीको विषम् परिस्थितिलाई मध्यनजर गर्दै सबैले आफू र आफ्नो परिवारलाई सुरक्षित राखी कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी हर्षोल्लासपूर्वक यो दिवस मनाउनु हुन म सबैमा अनुरोध गर्दछु” ।

नेपालसहित विश्वभरका मुस्लिम धर्मावलम्बीको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लहू अलैही वसल्लम जन्म दिन अर्थात् मोहम्मद जयन्ती (मोहम्मद दिवस) यो वर्ष आज पर्न गएको छ । सरकारले आज नेपालभरीका मुस्लिम समुदायलाई सार्वजनिक बिदा पनि दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ११ : ५० बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक