९ भदौ २०८३, मंगलबार | August 25, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना किट पुगेन, प्रयोगमा आउन सकेन पिसिआर मेसिन



जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना परीक्षणका लागि आइपुगेको पिसिआर मेसिन जडान भइसके पनि आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन । अस्पतालका निर्देशक मङ्गल रावलका अनुसार किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था छैन ।

किट नहुँदा पिसिआर मेसिन प्रयोगविहीन भएको प्रतिष्ठानले जनाएको छ । “सरकारसँग किट माग गरिएको छ, आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएका छौँ, किट आउने वित्तिकै परीक्षण प्रारम्भ हुनेछ”, निर्देशक रावलले भन्नुभयो । पहिले पिसिआर मेसिन सरकारसँग माग गरिएको थियो तर सम्भव नदेखिएपछि प्रतिष्ठानले आफ्नै लगानीमा बोलपत्र आह्वान गरी चीनबाट पिसिआर मेसिन प्रतिष्ठानमा ल्याइपु¥याएको छ ।

निर्देशक रावलका अनुसार रिएजेन्ट र किट नहुँदा पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन । “किट बाहिर किन्न पनि मिल्छ तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन”, उहाँले भन्नुभयो, “सरकारले ल्याउन सक्ने भएकाले ५०० किट माग गरिएको छ । तत्काल दुइ÷तीन सय किट आए पनि परीक्षण कार्य अघि बढाउन सकिन्थ्यो ।”

पिसिआर मेसिनबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । अहिले दुइ जना ल्यावका कर्मचारी सुर्खेतमा छन् । उनीहरु सुर्खेतको पिसिआर मेसिन चलाउन सिकिरहेका छन् । किट आउने वित्तिकै उनीहरु जुम्लामा आएर परीक्षण कार्य शुरु गरिने प्रतिष्ठानका निर्देशक रावतले बताउनुभयो ।

गर्भवतीलाई कोसेली

यहाँको तिला गाउँपालिकाका उपध्यक्ष विष्णु बुढाले पालिकाभित्रका गर्भवती महिलाको घरघरमा पुगेर कोसेली वितरण गर्नुभएको छ । गाउँपालिका–९ की पम्फा बुढा नौ महिनाकी गर्भवती हुनुहुन्छ । उहाँ अहिले ज्योति मावि राँसा मालापानीको क्वारेन्टाइनमा बस्नुभएको छ । चितवनबाट भर्खर आइपुगेकाले उहाँलाइ सुरक्षितरूपमा स्वास्थ्य चौकी राँसा नजिकैको क्वारेन्टाइनमा राखिएको हो ।

नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गर्दै आएकी पम्फा गाउँपालिका उपाध्यक्ष बुढाले पोसिलो खानेकुरा उपलब्ध गराउँदा निकै खुसी हुनुभयो । उनले भनिन “गाउँमै पुगेर बच्चालाई र मलाई न्यानो कपडा पाउँदा निकै खुसी छु, अरुलाई पनि स्वास्थ्य संस्थामा पुग्न भन्छु ।” उपाध्यक्ष बुढाले ‘सुनौलो हजार दिनभित्रका महिलासंग उपाध्यक्ष’ कार्यक्रमअन्र्तगत नियमितरूपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने महिलालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुभएको हो ।

“लकडाउनको समयमा गर्भवती महिलाले पोसिलो खानेकुरा पाउँदैनन्”, उपाध्यक्ष बुढाले भन्नुभयो, “यो समयलाई मध्यनजर गर्दै गर्भवतीलाइ कोसेली स्वरुप पोसिलो खानेकुरा उपलब्ध गराएका हौँ ।” एक जना गर्भवतीका लागि एक क्यारेट अण्डा, पाँच किलो चामल र एक लिटर तेल, बच्चालाई न्यानो कपडा र कम्बल उपलब्ध गराइएको छ ।

गाउँपालिका स्वास्थ्य सहसंयोजक जानकी हितानका अनुसार पालिकाभित्रका ५० गर्भवतीलाइ कोसेली प्रदान गरिएको छ । यो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतीर्लाइ स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । लकडाउनको समयमा सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवतीलाइ कोसेली प्रदान गर्न उपाध्यक्ष बुढाको टोली गाउँटोलमा पुगेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ९ : ३२ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त