६ श्रावण २०८३, बुधबार | July 22, 2026

नयाँ नेपाली फिल्म रिलिज नहुदाँ यो साता पनि हलिउड फिल्मकै भर



काठमाडौं । नेपालमा हल खुले पनि नेपाली फिल्म दर्शकले हेर्न पाएका छैनन् । डाँडाको वरपीपल र धन्दागिरी दशैंमा प्रदर्शनमा आए पनि त्यसमा दर्शकको आकर्षण देखिएन । फलस्वरूप नेपाली फिल्म हेर्न दर्शक हलमा आएनन् । किनकि यी फिल्म कोरोना भाइरसको महामारी अगाडि नै प्रदर्शनमा आए पनि व्यापार यस्तै नै हुन्थ्यो ।

महामारीको मारमा रहेका हलमा दर्शकले हेर्न चाहेको नेपाली फिल्म प्रदर्शन नहुँदा हलिउडकै दबदबा रहेको छ । हलले विदेशी फिल्मकै भर परिरहेका छन् भने दर्शक पनि विदेशीमै रमाइरहेका छन् । फास्ट एन्ड फ्युरियस ९, जेम्स बोन्डस् नो टाइम टू डाइ पश्चात यो साताको शुक्रबार पनि बलिउडकै फिल्महरू रिलिज हुने भएका छन् ।

‘भेनम स् लेट देयर बि कार्नेज’ र ‘ड्युन’ प्रदर्शन हुने जानकारी हलहरूले दिएका छन् । यी दुई नै हलिउड फिल्म हुन् । टम हार्डी स्टारर भेनमको पहिलो शृंखलाको सफलतापछि आएको दोस्रो सिरिजलाई प्रदर्शन भइसकेको अन्य देशमा रुचाइएको छ । फिल्ममा ब्ल्याक र रेड भेनमको रोमान्चक लडाइँ दर्शकले रुचाउने छन् । साइन्स फिक्सन र एड्भेन्चर जनराको भेनमले नेपाली सेन्सर बोर्डबाट पीजी प्रमाणपत्र पाएको छ भने तिमोर्थी चार्लामेट स्टारर एक्सन(ड्रामा ‘ड्युन’ले पनि पीजी नै पाएको छ ।

आउँदो दीपावलीलाई लक्षित गर्दै नेपाली फिल्मतर्फ चोर पुलिस र धुम ४ रिलिज हुने घोषणा भएका छन् । यस्तै, भारतीय फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आउने छ । यद्यपि यसको प्रदर्शन नेपालमा हुन्छ वा हुँदैन भन्ने अझै अन्योल नै छ । तर, हलिउड फिल्म मार्भल स्टुडियोको साङ्ची प्रदर्शन हुने भएको छ । यो फिल्म नोभेम्बर ५ मा नेपालमा प्रदर्शन हुनेछ । मार्भलका फ्यानले यसलाई हेर्ने विश्वास गरिएको छ । नेपाली बक्सअफिसमा घरेलु फिल्मको उपस्थिति लगभग शून्य झैँ भएकाले हलिउड फिल्मले मात्र हलको अस्तित्व जोगाइदिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : ५७ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय