२० बैशाख २०८१, बिहिबार | May 3, 2024

प्रकाश र मिना बने दोहोरी च्याम्पियन



पोखरा । नेपाल टेलिभिजनको बहुचर्चित कार्यक्रम दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले हात पारेका छन् । फेवा किनारमा शनिबार साँझ भएको फाइनलमा पराजुली र बुढाथोकीले उपाधि हात पारेका हुन् ।

दोहोरी च्याम्पियनको दोस्रो उपाधि शोभा कार्की र बालचन्द्र बरालको जोडीले पाए भने भने रिता रावत र सविन आचार्यको जोडी तेस्रो भएको छ । प्रतियोगितामा मिना नेपाल र राजेन्द्र पाठकको जोडीलाई सान्त्वना पुरस्कार दिइएको छ ।

९ महनिा अगाडिबाट सुरु भएको नेपाल टेलिभिजनको सो प्रतियोगिताको पहिरो सृङ्खला आजबाट सकिएको छ । प्रतियोगिताको विजेताले २० लाख नगद सहित १ करोडको जीवन बिमा प्राप्त गरेका छन् । उप विजेताले १० लाख र ५० लाखको जीवन बिमा, तेस्रोले २ लाख र सान्त्वना हुनेले २ लाख नगद पाएका छन् ।

उनीहरूलाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार वितरण गरेका थिए । दोहोरी च्याम्पियनको समापनमा बोल्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले छिट्टै दोस्रो संस्करण ल्याउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : ३४ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक