११ पुस २०८२, शुक्रबार | December 26, 2025

यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि राष्ट्रिय जनगणना प्रारम्भ भएकामा त्यसको सफलताको कामना गर्दै यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक संघसंस्था एवम् सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।

राष्ट्रिय जनगणना शुभारम्भ भएको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दै उनले आज दिएको सन्देशमा राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेक तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी छन् ।

“ठुलो परिमाणमा स्रोत, साधन तथा जनशक्तिको प्रयोग हुने र तयारीका लागि समेत समय लाग्ने भएकाले जनगणनालाई महत्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमका रुपमा सफल तुल्याउनुपर्दछ,” राष्ट्रपतिद्वारा सन्देशमा भनिएको छ ।

आजदेखि सुरु भइ आगामी मंसिर ९ गतेसम्म सबै नेपालीको व्यक्तिगत तथा पारिवारिक विवरण संकलन गर्न केन्द्रीय तथ्थाङ्क विभागले मुलुकभरि गणक खटाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ४५ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको