२० मंसिर २०८२, शनिबार | December 6, 2025

मुगुको गमगढी बजारमा भिषण आगलागी, २१ घर जलेर नष्ट



मुगु । मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । सोमबार मध्यरातमा पुरानो गमगढी बजारमा आगलागी हुँदा २१ घर पूर्ण रुपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

राराछायानाथ नगरपालिका-१ गमगढी बजारमा आगलागी भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा दिइएको उनले बताए । अहिले आगो फैलने क्रम रोकिए पनि पूर्ण रुपमा निभाउन भने नसकिएको प्रजिअ महतले बताए ।

स्थानीय स्तरमा पानी तथा माटोको प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको उनको भनाइ छ । रातिको समय र जोडिएका घर रहेको बस्ती भएकोले बढी क्षति भएको उनले जानकारी दिए ।

राति साढे १२ बजेतिर आगलागी सुरु भएको उनले जानकारी दिए । आगलागीको ती घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। बजारका घरहरु जोडिएकाले ठूलो क्षति भएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ५८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय