२० मंसिर २०८२, शनिबार | December 6, 2025

द ब्रिटिस कलेजले सम्पन्न गर्यो ‘टीबीसी जब फेयर–२.०’



काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले जब फेयर सम्पन्न गरेको छ । बुधबारबाट थापाथलीस्थित कलेज परिसरमा सुरु भएको टीबीसी जब फेयर– २.०’ बिहीबार भब्यताका साथ सम्पन्न गरेको हो ।

जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरि ४१ कम्पनीहरुको सहभागीता रहेको थियो । जब फेयरमा ४०० भन्दा बढी रोजगारीका लागि विद्यार्थीहरुले अन्तक्रिया र अन्तर्वार्ता दिएका थिए ।
कलेजको पूर्व विद्यार्थीहरुसँगै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका साथै स्नातोकोत्तर तहको एमएससी आईटी, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी भएका थिए।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका कम्पनीहरुको उपस्थिति थियो । लक्ष्मी इन्टरकन्टिनेन्टल ग्रुप (हुण्डाई), घोराही सिमेन्ट, सम्राट सिमेन्ट, सिजी होल्डिङ, क्लासिक टेक, डिसहोम प्रा. लि, एसएमटेक टेक्नोलोजी, सेफ्वे टेक्नोलोजी, क्लाउड फ्याक्ट्री, जेनेसिस सोलुसन्स, वियोण्ड आइडी, लिप फ्रग टेक्नोलोजी इंक, पेप्सी (वरुण विभरेज), सामसुङ इण्डिया, विशाल ग्रुप (युडीएन), दक्ष नेपाल, आइडीपी, आइएमई ग्रुप, मिडास, दराज, सस्तो डिल, एक्ट ३६०, एफवान सफ्ट (इ–सेवा), युएनडिपी, भिएसओ इन्टरनेशनल, टिच फर नेपाल, अम्बे स्टिल्स, शंकर ग्रुप (जगदम्बा स्टिल्स), सिजी फुड्स, सुजल फुड्स, सिद्वीलक्ष्मी स्टिल्स, जावलाखेल ग्रुप अफ कम्पनी, फ्युलर हिमालयन लिमिटेड, उपाय सिटी कार्गो, किरन सुज, गोल्यान ग्रुप, सिइ कन्स्ट्रक्सन, नेपाल लाइफ इन्स्योरेन्स, वर्ड लिंक प्रा. लि लगायतका कम्पनीहरु जब फेयरमा सहभागिता रहेको थियो ।

रोजगारी गर्न चाहने सबै इच्छुक विद्यार्थीहरूको लागि रोजगारी खोज्न मद्दत गर्दै आइरहेको कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले बताए ।

यो जब फेयरको आयोजनाले हामी हाम्रा विद्यार्थीहरूलाई आवश्यक पर्ने सही रोजगारी वा इन्टर्नशिप खोज्न सम्भव बनाउने कुरामा आशावादी रहेक उनको भनाई थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : ०५ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको