१३ असार २०८३, शनिबार | June 27, 2026

‘कालिका रनिङ शिल्ड’ प्रतियोगिता सुरु, प्रतियोगिता ७ दिन चल्ने



बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयले प्रथम जिल्ला स्तरीय ‘कालिका रनिङ शिल्ड’ प्रतियोगिता सुरु गरेको छ । विद्यालयको प्राङ्नमा आजबाट सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेश शिक्षा, विज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खानले उदघाटन गरे ।

उदघाटन समारोहमा बोल्दै मन्त्री खानले कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई भौतिक पुर्वाधारमा आबश्यक बजेट उपलब्ध गराउने आश्वासन दिए । शिक्षामात्र होईन खेलकुदमा पनि इतिहास बनाएको कालिकालार्ई आबश्यक श्रोत साधनको कमीहुन नदिने मन्त्री खानले बताए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यबस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले बिद्यालयमा पुर्वाधारको कमी भएकोले सरकारको ध्यान दिनुपर्ने बताए ।

बिद्यालयका प्राचार्य दिनेश थापाले अतिथिहरुलाई स्वागत गर्दे बिद्यालयको अबस्थाबारे जानकारी गराएको र पुर्वाधार अभाबले सबै बिद्यार्थी भर्ना लिन नसकेको बताए ।

उदघाटन समारोहमा कालिका क्यापसका प्रमुख घनस्याम पाठक, बुटबल नगरपालिका बडा नं १० का वडा अध्यक्ष पदम बहादुर थापा, नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु काउचा जिल्ला खेलकुद बिकास समितिका निर्बतमान अध्यक्ष योग गुरुड, लुम्बिनी खेलकुद परिषदका सदस्य कुष्ण कुमाल लगायले शुभकामना ब्यक्त गरेका थिए ।

विद्यालयको ६५ औं वार्षिकोत्सवको अवसरमा पुसको १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा रुपन्देही जिल्लाका ३० बढी विद्यालयबाट ५ सय बढी बिद्यार्थी सहभागी भएको बिद्यालयका बिद्यालयका खेलकुद शिक्षक हरि ओलीले जानकारी दिए । विद्यालयका अनुसार प्रतियोगितामा बिजेताले ५० हजार रुपैंया र उपविजेताले ३० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै प्रतियोगितामा तेस्रो हुनलाई २० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले वताए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ८ : २७ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट