१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

खाडीमुलुकका नेपालीलाई तत्काल उद्धार गर्न आग्रह



कोभिड–१९ महामारीका कारण खाडी मुलुकका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली सङ्घले गरेको छ ।

समयसँगै समस्या झन्–झन् बढ्दै जानेतर्फ इङ्गित गर्दै सङ्घको खाडी क्षेत्रले प्राथमिकताका आधारमा उद्धार गर्न बढाउन आग्रह गरेको हो । लेबनान, इजराइल, साइप्रसलगात देशहरुमा नेपालीको संख्या उल्लेख छन् ।

सङ्घको मध्यपूर्व क्षेत्रले सरकार परराष्ट्र मन्त्रालयको प्रत्यक्ष संलग्नतामा मध्यपूर्वमा रहेका नेपाली दूतावाससहित विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागितामा विशेष समिति बनाएर काम गर्नसमेत अनुरोध गरेको छ ।

सङ्घले कामबाट निकालिएका कामदारलाई तत्काल सेल्टरको व्यवस्था गर्न, रोजगारी गुमाएकालाई पुनः त्यही देशमा काम गर्न पाउने गरी व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्काइ क्वारेन्टाइनको व्यवस्था गर्न, क्वारेन्टाइनका लागि ७७ वटै जिल्लाका होटल, विद्यालय र सार्वजनिक भवनलाई प्रयोगमा ल्याउन र आफैँ खर्च गरेर बस्न चाहनेलाई विशेष छुटका साथ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ओमनमा बस्दै आउनुभएका सङ्घका प्रवक्ता डिबी क्षेत्रीले बताउनुभयो ।

एकैपटक लैजान सम्भव नहुने भएकाले दैनिक पाँच हजार जनालाई मात्रै स्वदेश लैजाँदा १४ दिनमा ७० हजार नेपालीको उद्धार हुने र उनीहरु क्रमशः क्वारेन्टाइनबाट निस्कने हु“दा व्यवस्थापनमा समेत सहज हुने सङ्घको सुझाव रहेको छ । स्वदेश फर्किएर क्वारेन्टाइनमा रहेकै समयमा उनीहको लगत राख्ने र दक्षतासमेत मापन गर्ने गरी सरकारले तयारी गर्नुपर्ने भन्दै यसो गर्न सक्दा फर्किएकालाई सरकारले उनीहरुको दक्षताअनुरुपको काममा लगाउन सक्ने समेत १४ बु“दे सुझावमा सुझाइएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

यसैक्रममा सङ्घको मध्यपूर्व क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष र सत्तारुढ नेकपाका प्रतिनिधिसभा सदस्य विन्दा पाण्डेबीच भर्चुअल संवाद भएको छ । सांसद पाण्डेले समितिमा छलफल गरी समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन पहल गर्ने बताउनुभएको बैठकमा सहभागी एनआरएनए प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

मध्यपूर्वमा करिब २० लाख गैरआवासीय नेपाली रहेको एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक प्रवीन गुरुङले जानकारी दिनुभयो । उहा“का अनुसार लकडाउनका कारण धेरै कम्पनी बन्द हु“दा नेपाली प्रभावित भएका छन् । मध्यपूर्वका कतिपय देशमा रहेका केही नेपालीमा सङ्क्रमणसमेत देखिएको जनाउ“दै एनआरएनएका क्षेत्रीय संयोजक गुरुङले सङ्क्रमितको सङ्ख्या भने न्यून नैं रहेको बताउनुभयो ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : ०४ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई