२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

जितगढी किल्लाबाट शुरु भयो ‘लुम्बिनी सम्पदा साइकल यात्रा’



बुटवल । पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले रुपन्देहीमा लुम्बिनी सम्पदा साइकल यात्रा सुरु भएको छ । बुटवल साइकल सिटीको आयोजनामा ऐतिहासिक तथा विरताको गाँथा बाकेको बुटवलको जितगढी किल्लाबाट सुरु भएको साईकल यात्रा सुरु भएको हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ साइकल यात्रा गरिएको आयोजकले जनाएको छ ।

‘हाम्रो सम्पदा, हाम्रो गौरव’–भन्ने मूल नाराकासाथ आयोजित साइकल यात्राको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले गरे । साइकल यात्राको शुभारम्भ गर्दै प्रमुख सुवेदीले पुर्खाहरुले जीत हासिल गरेको जितगढी किल्लालाई विश्वसामु परिचित गराउन सबैले आ–आफ्नोतर्फबाट भूमिका खेल्नु पर्ने बताए । बुटवल क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै विकासँग जोड्न सके ‘समृद्ध बुटवल खुसी बुटवल बासी’ को नारा पूरा हुन सक्ने बताए । २ दिवसीय साइकल यात्राका सहभागीहरुलाई शुभकामना व्यक्त गर्दै प्रमुख सुवेदीले पर्यटनको विकासले आर्थिक समृद्धि हासिल गर्न सहयोग गर्ने स्पष्ट पारे ।

बुटवलको जितगढी किल्लाबाट सुरु भएको यात्राले यस क्षेत्रका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकी क्षेत्रको अबलोकन गर्ने छ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितीमा १०० बढी साइकयात्रीहरु सहभागी भएका छन् । यात्रामा लुम्बिनी क्षेत्रसँग जोडिएका देवदहर, रामग्राम, कपिलवस्तु, सैनामैना, तिलोत्तमा लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने साइकल सिटीका अध्यक्ष विनोद कार्कीले जानकारी दिए ।

यात्रा शुभारम्को अवसरमा बुटवल–१ का वडा अध्यक्ष महेन्द्र लिगल, साइकल यात्री पुष्कर शाह, अशोक राई लगायतले पर्यटकीय स्थलहरुको पहिचार र प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगन बढ्ने र आर्थिक विकासँगै रोजगार सिर्जनामा टेवा पुग्ने धारणा राखेका थिए।

जितगढीबाट यात्रा शुरु गरेका यात्रीहरुलाई बुटवलकै गोलपार्कमा बेष्ट फाईनान्स लिमीटेडले स्वागत गरेको थियो भने तिलोत्तमा नेवा मैजु खलले जुस बितरण गरेको थियो ।

लुम्बिनी प्रदेश भित्रका विभिन्न जिल्लाबाट ५० तथा अन्य जिल्लाहरुबाट सय बढी राइडरहरु सहभागी रहेको कार्यक्रम संयोजक बिमल बस्नेतले जानकारी गराए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ४५ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा