१३ असार २०८३, शनिबार | June 27, 2026

कारबाहीमा परेका ज्ञानेन्द्र मल्लले भने : वर्गीकरणलाई सच्याएर संवाद आवश्यक



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफूहरुमाथि गरेको कारबाही र वर्गीकरणलाई सच्याउन माग गरेका छन् । उनले अहिले संवादको आवश्यकता रहेको बताए ।

डिभिजन ५ देखि नै आफूहरुले खेल्दै आएको र यसले गर्वको महसुस भएको उनले बताए ।

शुक्रबार नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गर्दै मल्लले टिमभित्र आफूले कुनै गुट नबनाएको दाबी गरे । खेलाडीहरुलाई दवाव र प्रभावमा पारेर क्यानविरुद्ध हस्ताक्षर गराएको आरोपलाई उनले अस्वीकार गरे ।

क्यानको मंसिर २९ गतेको बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । मल्ललाई हटाएर कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ ।

‘नेपाली क्रिकेट कुन अवस्थाबाट आजको स्थितिमा आयो, हामी खेलाडीले कस्तो कठिन अवस्थामा पनि क्रिकेट खेलिरह्यौं भन्ने सबैलाई थाहा भएकै कुरा हो,’ उनले भने, ‘खेलाडीको एउटै लक्ष्य हुन्थ्यौं, कसरी मैदानमा राम्रो प्रदर्शन गर्ने, देशलाई जिताउने र सारा नेपालीलाई खुसी पार्ने । म टोलीको नेता र कप्तान भएपछि हामीले गुट बनाउने होइन। अरुले के गरेका छन् त्यो मलाई जानकारी छैन ।’

वर्गीकरणमा पुनर्विचार गरे आफूहरु संवादका लागि तयार रहेको उनको भनाइ थियो । ‘वर्गीकरणमा पुर्नविचार गरेमा हामी संवाद गर्न तयार छौं,’ उनले भने, ‘हामीले क्यानका कार्यवाहक सचिवदेखि अन्य पदाधिकारीसँग छलफल गरेका छौं । क्रिकेटलाई अघि बढाउने हो भने छिटोभन्दा छिटो संवादमा बोलाएर छलफल गरोस् भन्ने हाम्रो चाहाना हो ।’

उनले वर्गीकरणबारे आफूलाई मौखिक जानकारी भए पनि लिखित रुपमा कसैले केही नभनेको जिकिर गरेका छन् । ‘हामीसँग सम्झौता गर्दा मौखिक रुपमा बुझाइएको थियो,’ उनले भने, ‘लिखित रुपमा हामीलाई कुनै जानकारी छैन । हामीहरुले गलत गरेको भए माफी माग्न तयार छौं ।’

क्यानमा देखिएको विवादबारे प्रधानमन्त्री शेरबहादुर देउवाले चासो राख्नु सकारात्मक रहेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीदेखि अन्यको फोनलाई सकारात्मक रुपमा लिनुपर्छ । क्रिकेटमा चासो दिनुहुने रहेछ भनेर बुझौं,’ मल्लले भने ।

क्यानको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत चासो राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान र खेलाडीको विवादमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री देउवाले शुक्रबार क्यानका अध्यक्षलाई फोन गरेर विवाद समाधान गर्न निर्देशन दिएका थिए ।

क्यानले निर्णयमा पुनर्विचार नगरे के गर्नुहुन्छ रु भन्ने प्रश्नमा मल्लले यसबारे आफूहरुले अहिले सोचिनसकेकोले त्यही बेला सोच्ने बताए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ३२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट