१३ असार २०८३, शनिबार | June 27, 2026

बुटवलमा पुस ९ र १० गते लुम्बिनी प्रदेश स्तरिय सि लेभल आशिष कप व्याडमिन्टन प्रतियोगिता हुने



बुटवल । आशिष स्टेशनरी तथा स्पोर्टस हाउसको आयोजनामा लायन्स क्लब अफ बुटवलको सहकार्यमा प्रथम लुम्बिनी प्रदेश स्तरिय सि लेभल आशिष कप व्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ ।

देविनगरस्थित कबर्ड हलमा पुस ९ र १० गते आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरि बताएको हो ।

आशिष स्पोर्टस हाउसका संचालक आयुष श्रेष्ठले खेलकुदलाई जोडेर अभियान शुरुवात थालेको बताए । उमेर समुहका खेलाडी उत्पादन गर्न सहयोग हुने गरि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

प्रतियोगितामा उपाधि विजेताले नगद ३० हजार रुपैया, मेडल, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि दोस्रो टिमले नगद २० हजार र तेस्रो हुने टिमले नगद १५ हजार सहित मेडल, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदयमान खेलाडीलाई विशेष पुरस्कार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १ सय ३२ टिम सहभागी हुने उनले बताए ।

लायन्स क्लबका अध्यक्ष अन्जिल खान, सल्लाहकार सन्दिप कशौधन, मुख्य एम्पायर अर्जुन कार्कीले युवा खेलाडी उत्पादनका लागि सबै सरोकारवाला एकतावद्ध भएर लाग्नुपर्ने बताए । दुई दिन संचालन हुने प्रतियोगितामा ५ लाख खर्च हुने आयोजकहरुको अनुमान छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ५ : ३२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट