२ पुस २०८२, बुधबार | December 17, 2025

कालिका रनिङ शिल्डको उपाधी आयोजक कालिका मानविज्ञानलाई



बुटवल । जिल्ला स्तरीय कालिका रनिङ शिल्डको उपाधी आयोजक कालिका मानवज्ञान माबिले जित्न सफल भएको छ ।

रुपन्देही जिल्लाका विभिन्न ३१ विद्यालयका छात्रछात्राले ४८ वटा इभेन्ट्स मेडलका लागि भएको प्रतिस्पर्धामा ३ संवरण, ६ रजत र ४ कास्री सहित १३ पदक जितेर कालिका मानव ज्ञानले रनिङ शिल्ड उचाल्न सफल भएको हो । यसैगरी ३ स्वर्ण,१ रजत र ३ कास्य गरि ७ पदक सहित बुटवलको एभरेस्ट बोर्डिङ स्कुल द्वितीय र ३ संवरण, १ रजत र २ कास्य सहित ६ पदक प्राप्त गरि तिलोत्तमा नगरपालिकाको कुँवरवर्ती बोर्डिङ स्कुल तृतीय भएको छ ।

विजयी विद्यालयलाई बुधवार हुने वार्षिकोत्सब मूल समारोहमा नगद पुरस्कार र शिल्ड प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । वार्षिकोत्सब कार्यक्रम अन्तर्गत मङलबार कालिका गायन तारा र जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएका छन् ।

विद्यालयका स्थापित विभिन्न अक्षयकोषबाट ३०० विद्यार्थीलाई छात्रवृत्ति तथा भुपु शिक्षक र दीर्घसेवि शिक्षकलाई सम्मान गरिएको थियो ।

विद्यालयको सेक्टर २ रामनगरमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदिले बुटवललाई गुणस्तरीय शिक्षाको हब बनाउन उपमहानगरपालिकाले बुटवलमा एक विद्यालय ,एकै पाठ्यक्रम ,एकै पोशाक र सुविधाको अवधारणा अघि सारेको बताए ।

विद्यालयको ६१ औं वार्षिकोत्सब मूल समारोह पुष ७ गते हुनेछ । उक्त कार्यक्रममा कालिका रनिङ शिल्ड वितरणका साथै उत्कृष्ट शिक्षक सम्मान गरिनेछ । साथै सोही दिन रुपन्देही जिल्लामा रहि शिक्षा पत्रकारिता गर्ने २ जना पत्रकारलाई कालिका शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ६ : १३ बजे

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर