२० मंसिर २०८२, शनिबार | December 6, 2025

४६ वर्षीय चेते कुलालको १५ वर्षदेखि ओढारमै बास



जुम्ला । जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आएका छन् ।

घर नभएपछि उनी १५ वर्षदेखि ओढारमा बास बस्दै आएका छन् । उनीसँग सम्पत्तिको नाममा एउटा फाटेको कम्बल छ । उनी बिहान बेलुकका छाक टार्नका लागि सडकमा भौँतारिँदै हिँडेका छन् । स्थानीय सरकार आएको करिब पाँच वर्ष पुग्न लागिसकेको छ । तर, उनी वर्षौंदेखि गाँसबासको खोजीसँगै ओढारमा रात बिताउँदै आएका छन् ।

चेते कुलाल हिमपातमा होस् या वर्षायाममा झरीलाई झेलेर किन नहोस्, ओढारमा बस्दै आएका छन् । बिहान सबेरै गाँसको व्यवस्थाका लागि गाउँदेखि जिल्ला सदरमुकामसम्म उनी पुग्ने गरेका छन् ।

गाउँमा हुने राहत वितरणमा उनले नपाउने गरेको गुनासो स्थानीयले गरेका छन् । तर, स्थानीय तहले भने उनलाई राहत उपलब्ध गराउने गरेको दाबी गरेको छ ।

चेते कुलाल भोक लाग्नेबितिकै माग्न हिड्ने गरेका छन् । गाउँमा कसैले दिएमा उनले खान पाउँछन् । नत्र उनी भोकै ओढारमा बस्छन् । चेतेलाई छाडेर श्रीमती र छोरा अलग्गै बस्छन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : ५५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति