१३ असार २०८३, शनिबार | June 27, 2026

प्रथम प्रदेशस्तरिय सि लेभल आशिष कप सुरु



बुटवल । लुम्बिनी प्रदेश स्तरीय सी लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवल देविनगरको वलीपथ स्थित कभर्ड हलमा सुरुभएको प्रतियोगीताको लुम्बिनी प्रदेशका जलस्रोत उर्जा तथा सिंचाईमन्त्री विरबहादुर रानाले शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै मन्त्री रानाले खेलकुदको विकासका लागि सबैले सहकार्य गर्न जरुरीरहेको भन्दै प्रदेशसरकारबाट खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने बताए ।
समुद्घाटन कार्यक्रममा आशिष ग्रुपका प्रबन्ध निर्देशक आयुषकृष्ण श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लव ईन्टरनेशनल ३२५ वि २ नेपालका सेकेण्ड भाईसडिष्ट्रिक गर्भनर एमजेएफ नवराज न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिंहथापा, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायव प्रहरी उपरिक्षक ठक बहादुर केसी, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा प्रहरी कार्यालयरामनगरका प्रमुख प्रहरी निरिक्षक शुर्दशन पन्थी, लायन्स इन्टरनेशनल ३२५ वि २ का डिष्ट्रिक एक्जुकेटिभ चिफ एमजेएफ अर्जुनमान सैजु, लायन्सईन्टरनेशनल को चिफ पुरुशोत्तमभक्त प्रधानांग, नेपाल
ब्याडमिन्टनसंघका केन्द्रीयसदस्य जिवन सिंह कुँवर, सहयोगी संस्था लायन्स् क्लव अफ बुटवल स्टार्सका अध्यक्ष एन्जील मिया खान लगायतको आतिथ्यतारहेको थियो । प्रतियोगीताको मुख्यनिर्णयकमा अर्जुन कार्की, निर्णयकमा प्रमोदसिंह पहारी, जिवन बहादुर अधिकारी रहेका छन् ।

आशिष स्टेशनरी तथा स्पोर्टस् हाउसको आयोजनामा हुने प्रथम ‘आशिष कप ब्याडमिन्टन’ मा लायन्स क्लब अफ बुटवल स्टारको समेत सहभागीता छ । प्रतियोगिताको विजेताले नगद ३० हजारसहित मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी द्वितीय हुनेलाई २० हजार तथा तृतीयलाई १५ हजार नगद राशीसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदयमान खेलाडीलाई समेत विशेष पुरस्कारसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने बताए । प्रतियोगितामा टप ८ मा पर्न सफल टिमलाई विशेष पुरस्कारको व्यवस्था गरिने गरिएको छ । प्रतियोगीतामा १ सय २८ जना खेलाडीहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : १२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट