६ श्रावण २०८३, बुधबार | July 22, 2026

सेन्ट्रल जोन भलिबलः शीर्ष स्थानमा रहँदै फाइनल पुग्ने दाउमा महिला भलिबल टोली



काठमाडौं । एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् ।

बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल १:१५ मा हुनेछ ।

नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो स्थानमा छ भने उज्वेकिस्तान नौ अंक जोड्दै शिर्ष स्थानमा छ । सात अंक जोडेको श्रीलंका तेस्रो स्थानमा र तीन अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छ । बंगलादेश र माल्दिभ्स अंकविहीन छन् ।

साविक विजेता टोलीले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्व ३-२ को जित निकाल्दै श्रीलंकासँग एक अंक बाँडेको थियो । यस्तै शुक्रबार माल्दिभ्स र शनिबार घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो ।

यसैगरी आइतबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल ३:४५ मा हुनेछ ।

प्रतियोगितामा एक जित र दुई हार बेहोरेको पुरुष टोलीले तीन अंक जोडेको छ । यस्तै समान दुई खेल खेलेको आयोजक बंगलादेश र श्रीलंकाले समान ६ अंक जोडेका छन् । उज्वेकिस्तानले पनि तीन अंक प्राप्त गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ५९ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न