३ पुस २०८२, बिहिबार | December 18, 2025

ए डिभिजन लिग : शुक्रबारबाट नवौँ चरणका खेल



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरुहुँदैछ ।

सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै खेल दशरथ रंगशालामा सञ्चालन हुने तालिका छ ।

पहिलो दिन दुई खेल आयोजना हुनेछ । दिउँसो १ बजे संकटा क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा रेलिगेसन जोनको ‘ब्याटल’मा एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ ।

शनिबार तीन खेल हुनेछन् । १ बजे हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले पुछारमा रहेको फ्रेन्ड्सको चुनौती पाउनेछ । दिउँसो २ बजे पोखरामा मनाङ र च्यासल प्रतिस्पर्धा गर्दा साँझ पौने ५ बजे न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लब शीर्ष चारका लागि आमुने सामुने हुनेछन् ।

तेस्रो दिन तथा आइतबार एक मात्रै खेल हुनेछ । साँझ पौने ५ बजे तय खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै सोमबारको एक मात्रै खेलमा विभागीय टोली नेपाल पुलिसले रेलिगेसनबाट उम्कन ब्रिगेड ब्वाइज क्लब ९बीबीसी०को सामना गर्नेछ ।

जारी शीर्ष डिभिजनको लिगको सातौ चरणको खेल सकिँदा ५ जित, २ बराबरसहित अपराजित रहेको मछिन्द्र शीर्षस्थानमा १७ अंक बनाएको छ । यससँगै उसले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप-२०२२ छनोटमा स्थान बनायो ।

१६ अंकसहित मनाङ दोस्रो, १३ अंकको संकटा तेस्रो, समान ११ अंकका आर्मी र शेर्पा क्रमशः चौथो र पाँचौ स्थानमा छन् । समान १० अंकका थ्री स्टार र एनआरटी क्रमशः छैठौं स्थान र सातौं स्थानमा छन् ।

यता, अन्तिम खेलमा पराजित सातदोबाटो ८ खेलबाट आठौं स्थानमा झर्दा जावलाखेल ७ अंकसहित नवौं स्थानमा छ । समान ६ अंकका एपीएफ र पुलिस क्रमशः दशौं र एघारौं स्थानमा रहँदा ५ अंकको बीबीसी र च्यासल क्रमशः १२ र १३ औं स्थानसँगै रेलिगेसन जोनमा छन् । यता, फ्रेन्ड्स भने ३ अंकसहित पुछारमा छ । जारी लिगको पुछारमा रहने टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १२ : १९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको