१३ असार २०८३, शनिबार | June 28, 2026

उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता : आजको खेलमा बाउन्नकला क्रिकेट क्लब विजयी



बुटवल । बुटवलमा जारी उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ अन्तरगत मंगलबार भएको खेलमा बाउन्न कला क्रिकेट एकेडेमी विजयी भएको छ ।

बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति रुपन्देही क्रिकेट संघको सहयोगमा जारी खेलमा गोलपार्क क्रिकेट क्लबमाथि ३२ रनले जित निकाल्दै बाउन्नकला क्रिकेट क्लब विजयी भएको हो ।

बुटवल नरेश्वर क्रिकेट मैदानमा भएको खेलमा खेलमा टस जितेर बाउन्नकोटीका ब्याट्सम्यानहरुले ४३ ओभरमा ६ बिकेटको नोक्सानीमा २ सय ३२ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि भुवन गैरेले ६७ र कृष्ण भुषालले ४३ रनको योगदान दिएका थिए । गोलपार्कका कृष्ण सेनले र सुनिल पौडेलले समान ३-३ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछ्याएको गोलपार्कका ब्याट्सम्यानहरु ४१.२ ओभरमा केवल २ सय रनमा आलआउट भए । गोलपार्कका लागि मनिष क्षेत्रीले २३ तथा सुनिल पौडेलले ४७ बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन ।

बाउन्नकलाका कृष्ण भुषाल र यम क्षेत्रीले समान ३-३ बिकेट लिएका थिए । खेलमा बाउन्नकलाका कृष्ण भुषाल म्याच अफ दी म्याचबाट पुरस्कृत भए । बुधबार जिआर क्रिकेट एकेडेमी र न्यु होराईजन क्रिकेट क्लबका बिचमा खेल हुने खेल संयोजक राजु राना बताए ।

प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराइृजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईजोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलर्पाक क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरि १० टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ४० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट