१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

निशुल्क रगतको अभियानलाई कार्यान्वन गर्ने लुम्बिनी प्रदेशका स्वस्थ्यमन्त्री थारुको घोषणा



बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रदेशमा निशुल्क रगतको अभियानलाई कार्यान्वन गर्ने बताएका छन ।

रुपन्देहीका साईक्लिङ क्लबहरुको अगुवाई, हिमालयन इन्टरियर प्रालिको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुधबार बुटवलमा भएको रक्तदान कार्यक्रममा बोल्दै उनले ४ करोड रुपैया बजेट विनियोजन गरेर कार्यान्वन गर्न सरोकारवाला निकायहरुको समन्वय तथा आवश्यक छलफल गरि अघि बढाएको बताए ।

बिरामीहरुले निशुल्क रगत उपलब्ध हुनु नै प्रमुख लक्ष्य भएको भन्दै उनले यसलाई क्रमस प्रदेश भर नै निशुल्क रगत उपलब्ध हुने गरि स्थाई नीति बनाउन चाहेको समेत दाबी गरे । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले स्वस्थ्य भएको प्रमाण रक्तदान भएको भन्दै प्रत्येक स्वस्थ्य ब्यक्तिले ९० दिनको अन्तरमा रक्तदान गर्न मिल्ने बताए । रगत नपाए बुटवल जाऔ भन्ने नारासहित भुकम्पको विपदको बेलामा समेत बुटवल क्षेत्रमात्र नभई काठमाण्डौमा समेत रगत पुर्याउने काम गरेको भन्दै उनले सामाजिक कार्यमा सबै ब्यापारिक संस्थाहरुको सहकार्य जरुरी हुने बताए ।

कार्यक्रममा हिमालयन ईन्टरियर प्रालिका डाईरेक्टर सरोज थापाले काठमाण्डौमा मुख्य कार्यालय रहेको भानाचाइको बुटवलमा शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्व अन्तरगत पहिलोपटक रक्तदान कार्यक्रम गरिएको बताए । रक्तदानसंगै अन्य सामाजिक कार्यहरुमा स्थानिय युवा तथा संघसंस्थाहरुको सहकार्यमा आगामी दिनहरुमा समेत निरन्तरता दिने उनले बताए ।

रक्तदान कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिशेष भारी, नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलका ल्याब प्राविधिक बारिस अलि खां, हिमालयन ईन्टरियर प्रालिका चेयरमेन दिपक थापाले रगत अभावलाई पुरा गर्न रुपन्देहीमा निरन्तर आकस्मिक रक्तदान कार्यक्रममा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा ५० युनिट रगत संकलन भएको संयोजक रबिलाल सुवेदीले बताए । हिमालयन इन्टरियर प्रालि अमेरिकी कम्पनीको मलेसियामा उत्पादन हुने कच्चा पदार्थ मेसोनाईड कम्पनीको नेपालमा आफनै उद्योग संचालन गरि उत्पादन गरिरहेको छ । काठमाण्डौमा ३ वटाका साथै बिर्तामोड, ईटहरी, पोखरा, नारायणगढ शाखा कार्यालय रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : ३४ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज