२३ बैशाख २०८१, आइतबार | May 5, 2024

निशुल्क रगतको अभियानलाई कार्यान्वन गर्ने लुम्बिनी प्रदेशका स्वस्थ्यमन्त्री थारुको घोषणा



बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रदेशमा निशुल्क रगतको अभियानलाई कार्यान्वन गर्ने बताएका छन ।

रुपन्देहीका साईक्लिङ क्लबहरुको अगुवाई, हिमालयन इन्टरियर प्रालिको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुधबार बुटवलमा भएको रक्तदान कार्यक्रममा बोल्दै उनले ४ करोड रुपैया बजेट विनियोजन गरेर कार्यान्वन गर्न सरोकारवाला निकायहरुको समन्वय तथा आवश्यक छलफल गरि अघि बढाएको बताए ।

बिरामीहरुले निशुल्क रगत उपलब्ध हुनु नै प्रमुख लक्ष्य भएको भन्दै उनले यसलाई क्रमस प्रदेश भर नै निशुल्क रगत उपलब्ध हुने गरि स्थाई नीति बनाउन चाहेको समेत दाबी गरे । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले स्वस्थ्य भएको प्रमाण रक्तदान भएको भन्दै प्रत्येक स्वस्थ्य ब्यक्तिले ९० दिनको अन्तरमा रक्तदान गर्न मिल्ने बताए । रगत नपाए बुटवल जाऔ भन्ने नारासहित भुकम्पको विपदको बेलामा समेत बुटवल क्षेत्रमात्र नभई काठमाण्डौमा समेत रगत पुर्याउने काम गरेको भन्दै उनले सामाजिक कार्यमा सबै ब्यापारिक संस्थाहरुको सहकार्य जरुरी हुने बताए ।

कार्यक्रममा हिमालयन ईन्टरियर प्रालिका डाईरेक्टर सरोज थापाले काठमाण्डौमा मुख्य कार्यालय रहेको भानाचाइको बुटवलमा शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्व अन्तरगत पहिलोपटक रक्तदान कार्यक्रम गरिएको बताए । रक्तदानसंगै अन्य सामाजिक कार्यहरुमा स्थानिय युवा तथा संघसंस्थाहरुको सहकार्यमा आगामी दिनहरुमा समेत निरन्तरता दिने उनले बताए ।

रक्तदान कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिशेष भारी, नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलका ल्याब प्राविधिक बारिस अलि खां, हिमालयन ईन्टरियर प्रालिका चेयरमेन दिपक थापाले रगत अभावलाई पुरा गर्न रुपन्देहीमा निरन्तर आकस्मिक रक्तदान कार्यक्रममा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा ५० युनिट रगत संकलन भएको संयोजक रबिलाल सुवेदीले बताए । हिमालयन इन्टरियर प्रालि अमेरिकी कम्पनीको मलेसियामा उत्पादन हुने कच्चा पदार्थ मेसोनाईड कम्पनीको नेपालमा आफनै उद्योग संचालन गरि उत्पादन गरिरहेको छ । काठमाण्डौमा ३ वटाका साथै बिर्तामोड, ईटहरी, पोखरा, नारायणगढ शाखा कार्यालय रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : ३४ बजे

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३