११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

एयर इण्डियाका ५ पाईलटमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २१०९



बुटवल । भारतको एयर ईण्डीयाका पाँच पाईलटमा कोरोना भाइरसको संक्रमण देखिएको छ । नियमित उडान भर्नु ७२ घण्टा पहिले गरिने भाइरस परीक्षणमा उनीहरुलाई कोरोना भाइरस पोजेटिभ देखिएको भारतीय खबर पत्रिका अमर उजालाले लेखेको छ ।

एयर इण्डिया स्रोतका अनुसार संक्रमित पाईलटहरू हाल मुम्बईमा चिकित्सकहरुको निगरानीम राखिएको छ । केहिदिन अगाडी ती पाइलटहरूले कार्गो एयरक्राफ्ट लिएर चीनको लागि उडेका थिए। एयर इंडियाले उनीहरु चाईनाबाट फर्केको स्विकार गरेको छ ।

पछिल्लो समय भारतले एयर इण्डियाको जहाज चीनबाट मेडिकल समाग्री आपूर्तिका लागि पठाउने गरेको थियो।

पछिल्लो २४ घण्टामा भारतमा १२७ जनको मृत्यु :

भारतमा कोरोना भाइरसले संक्रमित बिरामीहरूको संख्या निरन्तर बढिरहेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांकका अनुसार गत २४ घण्टामा ३२७७ नयाँ संक्रमित थपिएका छने भने १२७ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना पोजिटिभको संख्या बढेर ६२९३९ पुगेको छ । भारतमा २ हजार १ सय ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ३३ बजे

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री बालेन्द्र नबोल्ने, सम्बोधन गर्न राष्ट्रपतिलाई पत्राचार

काठमाडौं । संघीय संसद एवं सार्वजनिक समारोहमा अहिलेसम्म कुनै सम्बोधन

गत आर्थिक वर्षमा ११ हजार ६०३ पर्यटक पुगे कोशी टप्पु

धरान । आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु