१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

फार्मेसी विहीन जिल्ला अस्पताल, बिरामीलाई सास्ती



मुगु । हिमाली जिल्ला मुगुमा रहेको जिल्ला अस्पतालमै फार्मेसी नहुँदा यहाँका बिरामी सास्ती खेपी रहेका छन् । जिल्लाको एक मात्र पन्ध्र शय्यामा निर्माण भएको अस्पतालमा फार्मेसी विनाको अस्पताल हुँदा यहाँका बिरामीलाई औषधि पाउनै मुस्किल हुने गरेको छ ।

२०६३ सालमा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म फार्मेसी सेवा स्थापना नहुँदा बिरामीले निजी मेडिकलको औषधि चर्को मुल्य हालेर उपचार गर्नु पर्ने अवस्थाले झन् सास्ती भएको छ ।

उपचारको लागि अस्पतालमा आएका बिरामीलाई चिकित्सकले चेकजाँच गरी अस्पताल भित्र पाइने निशुल्क औषधि दिने र नभएको औषधि पुर्जामा लेखेर बिरामीलाई गमगढी बजारमा रहेका निजी मेडिकलमा पठाउने गरेका छन् ।

जिल्ला अस्पतालमै फार्मेसी नहुँदा बिरामीलाई औषधि उपचार गर्न गाह्रो अवस्था भएको चिकित्सक नहकुल शाहीले बताए । उपचार गर्न आएका बिरामीलाई सबै प्रकारका औषधि प्राप्त होस भन्ने उद्देश्यले अस्पतालले अनिवार्य फार्मेसी स्थापना गर्नु पर्ने हो ।

जिल्ला अस्पतालका चिकित्सक भन्छन्, ‘सरकारले दिएको निशुल्क औषधिले सबै बिरामीको उपचार हुँदैन । केही औषधि फार्मेसीबाट ल्याएर उपचार गर्नुपर्ने हुन्छ । तर, त्यो सुविधा छैन ।’

जिल्ला अस्पतालबाट माथि गमगढी बजारका मेडिकल पुग्न ३० मिनेट समय लाग्ने गरेको छ । निशुल्क र सहुलियत दरमा उपचार गर्न जिल्ला अस्पताल आएका बिरामीलाई उल्टै महँगो औषधिको मार खेप्नु पर्ने अवस्था अस्पतालमा छ ।

जिल्ला अस्पतालमा फार्मेसी खोल्नु पर्ने नियम भए पनि सम्बन्धित निकायले वास्ता नगर्दा अस्पताल लामो समयदेखि फार्मेसी विहीन छ ।

‘निर्देशिका बनाएर अस्पतालमा फार्मेसी स्थापना गर्ने सोचमा छौं,’ जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक प्रमुख उमेश गौतमको भनाई छ । फार्मेसी स्थापना गर्न करिब ५ लाख बजेट चाहिने उक्त बजेट प्रदेश कार्यालयमा माग गर्नुपर्ने उनको भनाई छ ।

अस्पतालमा फार्मेसी स्थापना गर्न सकियो भने बिरामीलाई औषधिमा २० प्रतिशत छुट दिन सकिने उनले बताए । क्षेत्रीय मेडिकल स्टोरले उपलब्ध गराउने ७० प्रकारको निस्शुल्क औषधि र जिल्ला स्वास्थ्य सेवा कार्यालयको बजेट बाट खरिद गरेको औषधि स्टोरमा राख्ने र आवश्यकता अनुसार सोही औषधि बिरामीलाई दिने गरिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले चालु आर्थिक वर्षमा आफ्नो बजेटबाट औषधि नै खरिद नगर्दा जिल्लामा औषधिको जटिल समस्या देखिएको छ । औषधि खरिदको लागि १८ लाख बजेट भए पनि अहिलेसम्म उक्त बजेट कागजमै सीमित राखिएकाले बिरामीलाई औषधि किन्न मेडिकल पठाउने गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ६ : ४७ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो