१ पुस २०८२, मंगलबार | December 16, 2025

इक्वेडरले ब्राजिललाई बराबरीमा रोक्यो



काठमाडौं । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले घरेलु टोली इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो ।

इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए।

खेलको छैटौं मिनेटमै क्यासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। खेलको १५ औं मिनेटमा गोलरक्षक एलेक्सजेन्डर डोमिन्गुएजले रातो कार्ड खाएपछि इक्वेडर १० खेलाडीमा सीमित भयो।

खेलको २० औं मिनेटमा डिफेन्डर इमरसन रोयलले दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेपछि ब्राजिल पनि १० खेलाडीमा समेटिएको थियो ।

७५ औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेपछि खेल १-१ को बराबरीमा सकियो। ब्राजिलले १४ खेल खेल्दा ११ जित र ३ बराबरीको नतिजा निकालेर ३६ अंक जोडेको छ। इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : ४८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज