२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

इक्वेडरले ब्राजिललाई बराबरीमा रोक्यो



काठमाडौं । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले घरेलु टोली इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो ।

इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए।

खेलको छैटौं मिनेटमै क्यासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। खेलको १५ औं मिनेटमा गोलरक्षक एलेक्सजेन्डर डोमिन्गुएजले रातो कार्ड खाएपछि इक्वेडर १० खेलाडीमा सीमित भयो।

खेलको २० औं मिनेटमा डिफेन्डर इमरसन रोयलले दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेपछि ब्राजिल पनि १० खेलाडीमा समेटिएको थियो ।

७५ औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेपछि खेल १-१ को बराबरीमा सकियो। ब्राजिलले १४ खेल खेल्दा ११ जित र ३ बराबरीको नतिजा निकालेर ३६ अंक जोडेको छ। इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : ४८ बजे

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर