१ आश्विन २०८३, बिहिबार | September 18, 2026

डि मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित



काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ ।

शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डि मारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेको अग्रता जोगाउदै अर्जेन्टिनाले आठौं जित निकाल्यो ।

खेलको नवाैँ मिनेटमा रोड्रीगो डि पौलको पास सदुपयोग गर्दै डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाए । बेन डाइजले २०औँ मिनेटमा गोल गर्दा घरेलु टोली चिली खेलमा फर्कियो । तर, मार्टिनेजले ३४ मिनेटमा गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए ।

बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सफल भएनन् ।

आज बिहान भएको खेलमा ब्राजिल र इक्वेडरले १-१ गोलको बराबर खेल्दै अंक बाँडेका छन् । ब्राजिल र अर्जेन्टिना यसअघि नै विश्वकपको लागि छनोट भइसकेका छन् ।

ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । जितपछि अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ ।

इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा रहँदा अर्जेन्टिनासँग पराजित चिली १६ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : ११ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा