१४ भदौ २०८३, आइतबार | August 30, 2026

आहा रारा गोल्डकप : इतिहास रच्ने दाउमा मनाङ र एपीएफ



कास्की । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मर्स्याङ्दी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ ।

‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २० औँ संस्करणको जारी प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको खोजीमा हुनेछ । मनाङले यसपटक फाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई नयाँ प्रतिस्पर्धी पाएको छ । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ ।

विसं २०६४ मा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । नेपाल पुलिस क्लबसँग २-० ले पराजित भएपछि एपीएफको त्यति बेला उपाधि जित्ने सपना साकार हुन सकेन । आहा रारामा यसपटक १४ वर्षपछि फाइनल पुगेको एपीएफ उपाधिको भोको छ । शनिबार पोखरा रङ्गशालाको मैदानमा उत्रिँदा दुबै टोलीलाई इतिहास रच्ने अवसर प्राप्त भएको छ ।

नेपाल पुलिस क्लबसँग समान छ-छ पटक उपाधि जितेको मनाङलाई २० औँ संस्करणको फाइनल जितेर सर्वाधिक ट्रफी उचाल्ने अवसर छ । एपीएफलाई पनि पहिलो पटक पोखराको मैदानमा उपाधि चुम्ने सुन्दर मौका जुरेको छ । मनाङले विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्ध्रौँ र विसं २०७६ को १८ औँ संस्करणको उपाधि जितेको छ ।

एपीएफ जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई २-० ले निरास बनाउँदै अघि बढेको थियो । क्वार्टरफाइनलमा पाहुना टोली अमेरिकाको विवाइएससीको चुनौती ३-१ गोल अन्तरले पन्छाउँदै सेमिफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको डिफेण्डिङ च्याम्पियन र यसवर्षको लिग लिडर मछिन्द्रलाई ३-१ गोललेनै निराश बनाउँदै फाइनलको यात्रा तय गर्न सफल भएको हो ।

मनाङले भने क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोलले पराजित गर्दैै सेमिफाइनलमा स्थान बनाएकामा बिहीबार त्रिभुवन आर्मी क्लबमाथि टाइब्रेकरमा ४-३ गोलले विजयी हुँदा फाइनलमा एपीएफलाई पहिलो पटक प्रतिस्पर्धी पाएको हो । आहा राराको अनुभवी टोली मनाङ र बलीया टोलीलाई पाखा लगाउँदै दोस्रो पटक फाइनल पुगेका दुबै टोलीका प्रशिक्षक र टिम कप्तान फाइनलका लागि उत्साहित देखिएका छन् । दुबै टोलीका प्रशिक्षक र कप्तान यस वर्षको मोफसलको पहिलो प्रतियोगितामा उपाधि चुम्न दृढ देखिएका छन् ।

फाइनल खेलअघि आज आयोजना गरिएको ‘फ्रिम्याच कन्फ्रेन्स’ मा टोलीका प्रशिक्षकले उपाधि उचाल्ने दाबी गरे । मनाङका प्रशिक्षक फुजा टोपेले विपक्षी टोलीको प्रदर्शन राम्रो बन्दै गएको बताउँदै आफूहरु उपाधिका लागि खेल्ने बताए । उनले भने,“फाइनल पुग्दा हामी खुसी छौँ । अब उपाधि जितेर टिम र समर्थकलाई थप खुःशी दिन चाहन्छौँ ।”प्रशिक्षक टोपेले फाइनल खेलको रणनीति सार्वजनिक गर्न चाहेनन् ।

एपीएफका प्रशिक्षक कुमार थापाले मनाङ बलियो टोली भए पनि आफूहरु उपाधि जित्दै इतिहास बनाउने गरी फाइनल खेल्ने बताए । उनले भने, “कोरोना महामारीका बीचमा पनि भव्य प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिन चाहन्छौँ । यस अवसरको उपयोग गर्दै उपाधि चुमेर इतिहास रच्ने योजनामा छौँ ।” मनाङका टिम कप्तान विमल रानाले दबाब रहित खेल्दै उपाधि जित्ने गरी खेल्ने बताए । टोलीका महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीमा रहेकाले पनि नयाँ र पुराना खेलाडीबीच टिम सेट अघिल्ला खेलमा कठिन भए पनि फाइनलमा राम्रो खेल्ने उनले बताए । एपीएफका कप्तान नविन लामाले टोलीले हरेक खेल राम्रो गर्दै गएकाले फाइनलमा पनि यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गर्ने उल्लेख गरे ।

फाइनलमा स्थान बनाएको एपीएफका महत्वपूर्ण चार खेलाडीले फाइनल खेल गुमाउने भएका छन् । टोलीका चार खेलाडीले यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएकाले फाइनल गुमाउने आयोजकले जनाएको छ ।

एपीएफका आवास लामिछाने, प्रदीप लामा, अदमा डोम्बिया र सविन थापाले दोहोरो पँहेलो कार्डका फाइनल खेलका लागि प्रतिबन्धमा परेको म्याच कमिसनर गोकुल थापाले बताए । सेमिफाइनलमा मच्छिन्द्रसँगको खेलमा एपीएफका चार खेलाडीले पहेलो कार्ड पाएका थिए ।

एपीएफका प्रशिक्षक थापाले भने आयोजकको सो निर्णयप्रति असन्तुष्टि जनाए । खेलाडी प्रतिवन्धमा परेको बारेमा जानकारी नपाएको तथा प्रतियोगिता निर्देशिकामा समेत फरक-फरक खेलमा पाएको कार्डले अर्को खेल गुमाउने भन्नेमा उल्लेख नभएको उनले बताए । उनले भने,“हाम्रा खेलाडी प्रतिबन्धमा परेको बारेमा केही जानकारी छैन । फरक खेलको कार्डले फाइनल गुमाउने भन्नेमा प्रतियोगिता निर्देशिकामा उल्लेख छैन । हाम्रो पुरानै सेट भोलि मैदानमा उतार्ने छौँ ।”

यही माघ ६ गतेदेखि जारी प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : १५ बजे

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना