४ पुस २०८२, शुक्रबार | December 20, 2025

२० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि एपीफएलाई



पोखरा । २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि विभागीय टिम एपिएफले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५-४ ले हराउँदै एपिएफले पहिलो पटक आहा रारा गोल्डकप उपाधि जितेको हो।

निर्धारित समयको र अतिरिक्त सयमको खेल २-२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । पेनाल्टीमा ओलावाले हाफिज गोल गर्न चुकेपछि मनाङ सातौं पटक उपाधि जित्नबाट वञ्जित भयो । उनको प्रहार एपिएफका कोरियन गोलकिपर युया कोरियामाले रोकेका थिए ।

पेनाल्टीमा एपिएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोमले गोल गरे । यता, मनाङका फ्रेंकलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।

खेलमा अग्रता विभागीय टिमले लियो । २० औं मिनेटमा युवराज खड्काले एपिएफलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए ।

खेल सकिन ६ मिनेट अघि फ्रेंकलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा एपिएफका रवि थिङले गोल गर्दै खेलालाई अतिरिक्त समयतर्फ लगेका थिए ।

उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको