१४ भदौ २०८३, आइतबार | August 30, 2026

स्थगित पुलिस र च्यासलको खेल शनिबार



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तगर्त नवौं चरणमा हुन नसकेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आगमी शनिबार हुने भएको छ ।

च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल शनिबार गर्ने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

लिगमा खराब समयबाट गुज्रिरहेका दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । आठ खेलबाट पाँच अंक जोडेको च्यासल यो खेलमा जित निकाल्दै रेलिगेसन जोनबाट माथि उठ्न चाहन्छ । यस्तै, समान खेलबाट सात अंक जोडेको पुलिस पनि तालिकमा माथि उठ्नका लागि जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

खेलाडीमा कोभिड संक्रमण देखिएर स्थगित भएको जारी लिगको यो पहिलो खेल हो । नवौँ चरण सकिँदा लिग तालिकाको शीर्ष स्थानमा मछिन्द्र फुटबल क्लबले चार अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलको १९ तथा तेस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको १७ अंक छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ४ : ५५ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति