१३ असार २०८३, शनिबार | June 28, 2026

कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने



पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ ।

काेभिड– १९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर प्रतियोगिता दुई चरणमा गर्ने मञ्चको आज सम्पन्न बैठकले निर्णय गरेको हो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत खुला म्याराथन ४२.१९५ किमि र महिलातर्फको २१ किमि निर्धारित समय फागुन ७ गते नै हुने र आपाङ्गतर्पmका १० र ५ किलोमिटर दौड चैत महिनाको १२ गते गर्ने निर्णय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । उनले पोखरा म्याराथन देशकै जेठो म्याराथन रहेको दाबी गर्दै म्याराथन सफल बनाउन विभिन्न विषयगत समितिले तीव्रता दिँदै आएको बताए । म्याराथनलाई सफल बनाउन विभिन्न टोल विकास संस्था, आमा समूह र अन्य सङ्घ संस्थालाई सदा झैं यस पटक पनि सहयोगका लागि अपिल गर्दै उनले प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मञ्चका महासचिव कृष्ण तिमिल्सिनाका अनुसार पोखरा म्याराथनअन्तर्गत खुला म्याराथनतर्फको पुरस्कारको राशि रु चार लाख नगद भएसँगै प्रतियोगितामा सहभागी हुन केन्यालगायत अन्य अफ्रिकी मुलुकबाट धावक पोखरा आउने तयारी गरिरहेको सूचना प्राप्त भएको छ ।

“पोखरा म्याराथनले अव विश्वव्यापी रुपमा चर्चा पाउन थालेको छ । यसका लागि विदेशबाट समेत धावक पोखरा आउनु गौरवको विषय हो”, उनले भने, “विदेशीसँगै स्वदेशी धावकले समेत म्याराथनमा सहभागीका लागि अनलाइनमार्फत दर्ता गराउन सकिनेछ ।”

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : १० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट