४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने



पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ ।

काेभिड– १९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर प्रतियोगिता दुई चरणमा गर्ने मञ्चको आज सम्पन्न बैठकले निर्णय गरेको हो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत खुला म्याराथन ४२.१९५ किमि र महिलातर्फको २१ किमि निर्धारित समय फागुन ७ गते नै हुने र आपाङ्गतर्पmका १० र ५ किलोमिटर दौड चैत महिनाको १२ गते गर्ने निर्णय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । उनले पोखरा म्याराथन देशकै जेठो म्याराथन रहेको दाबी गर्दै म्याराथन सफल बनाउन विभिन्न विषयगत समितिले तीव्रता दिँदै आएको बताए । म्याराथनलाई सफल बनाउन विभिन्न टोल विकास संस्था, आमा समूह र अन्य सङ्घ संस्थालाई सदा झैं यस पटक पनि सहयोगका लागि अपिल गर्दै उनले प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मञ्चका महासचिव कृष्ण तिमिल्सिनाका अनुसार पोखरा म्याराथनअन्तर्गत खुला म्याराथनतर्फको पुरस्कारको राशि रु चार लाख नगद भएसँगै प्रतियोगितामा सहभागी हुन केन्यालगायत अन्य अफ्रिकी मुलुकबाट धावक पोखरा आउने तयारी गरिरहेको सूचना प्राप्त भएको छ ।

“पोखरा म्याराथनले अव विश्वव्यापी रुपमा चर्चा पाउन थालेको छ । यसका लागि विदेशबाट समेत धावक पोखरा आउनु गौरवको विषय हो”, उनले भने, “विदेशीसँगै स्वदेशी धावकले समेत म्याराथनमा सहभागीका लागि अनलाइनमार्फत दर्ता गराउन सकिनेछ ।”

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : १० बजे

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम