२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ : बेष्ट्रन फाईनलमा



बुटवल । उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ अन्तरगत बुधबार भएको दोस्रो फाईनल खेलमा जित निकाल्दै बेष्ट्रन क्रिकेट एकेडेमी फाईनलमा प्रवेश गरेको छ । महाबिर क्रिकेट क्लबमाथि १२ रनको जित निकाल्दै बेष्ट्रन क्रिकेट क्लब फाईनल प्रवेश गरेको हो ।

उपाधिका लागि बाउन्नकोटीसंग बेष्ट्रन क्रिकेट क्लबले फाइनल खेल खेल्ने छ । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति र रुपन्देही क्रिकेट संघको सहयोगमा जारी प्रतियोगिताको बुधबार भएको सेमीफाईनलमा टस जितेर ब्याटिङ रोज्दै मैदान प्रवेश गरेको बेष्ट्रनका ब्याट्सम्यान ३१.२ ओभरमा सबै बिकेट गुमाएर १ सय ६७ रनको लक्ष्य खडा गरेको थियो । यसका लागि प्रज्वल थापाले ३८ रन, भुवन पाण्डेले २४, सन्दिप सुनार १४ रनको योगदान दिएका थिए । महाबिरका दिलसाद अलिले ४, रुपेश कुर्मी जितेन्द्र साहनीले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको महाबिरका ब्याट्सम्यानहरु ३०.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । महाबिरका दुग्रेश गुप्ताले ४४, तिल बहादुर थापाले २६ रनको दोहोरो अंकबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन ।

सन्दिप सुनारले ३, अभिशेष गौतम र धिरज शाहीले समान २–२ बिकेट लिएका थिए । म्यान अफ द म्याच बेष्ट्रन क्रिकेट क्लबका सन्दिप सुनार भए ।

प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराईजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईनोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलर्पाक क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरि १० टिमले भाग लिएको समितिका सचिव पुनित पोखरेलले बताए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : ४९ बजे

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको