२० मंसिर २०८२, शनिबार | December 6, 2025

अवरुद्ध सडक खुलाउन हिउँ पन्छाउँदै जिल्ला विपद् समिति (फोटोफिचर)



जुम्ला । हिमपातका कारण अबरुद्ध सडक सञ्चालन गर्न जिल्ला विपद् समितिले हिउ पन्छाउन थालेको छ । बिहीबारदेखि परेको लगातारको हिमपातले अवरुद्ध भएको जुम्लाको सडक खुलाउन समितिले हिउँ पन्छाउन थालेको हो ।

हिमपातले सडक अवरुद्ध हुँदा जुम्लाको विभिन्न सडकखण्डमा दर्जनौँ सवारीसाधन रोकिएका छन् । हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं नेतृत्वको सुरक्षा निकायसहित टोली ऐरेनी तर्फ लागेको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार डोजरको सहायताले हिउँ पन्छाउँदै नाग्मसम्म पुगिसकिएको छ ।

अझै पनि हिमपात भइरहेकाले केही सवारी साधन फसेका छन् । तातोपानी क्षेत्रमा हिउँमा फसेका सवारी साधनको उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बलसहितको एक टोली त्यस क्षेत्रतिर लागेको नन्दाबक्स गणका गणपति रविन थापाले बताए ।

हिमपातले कर्णाली राजमार्गको विर्तामोडमा ठूलो पहिरो गएको छ । पहिरोले यातायात अवरुद्ध भएको छ । जुम्ला विमानस्थलको हिउँ भने पन्छाउन सकिएको छैन ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : २८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति