१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अवरुद्ध सडक खुलाउन हिउँ पन्छाउँदै जिल्ला विपद् समिति (फोटोफिचर)



जुम्ला । हिमपातका कारण अबरुद्ध सडक सञ्चालन गर्न जिल्ला विपद् समितिले हिउ पन्छाउन थालेको छ । बिहीबारदेखि परेको लगातारको हिमपातले अवरुद्ध भएको जुम्लाको सडक खुलाउन समितिले हिउँ पन्छाउन थालेको हो ।

हिमपातले सडक अवरुद्ध हुँदा जुम्लाको विभिन्न सडकखण्डमा दर्जनौँ सवारीसाधन रोकिएका छन् । हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं नेतृत्वको सुरक्षा निकायसहित टोली ऐरेनी तर्फ लागेको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार डोजरको सहायताले हिउँ पन्छाउँदै नाग्मसम्म पुगिसकिएको छ ।

अझै पनि हिमपात भइरहेकाले केही सवारी साधन फसेका छन् । तातोपानी क्षेत्रमा हिउँमा फसेका सवारी साधनको उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बलसहितको एक टोली त्यस क्षेत्रतिर लागेको नन्दाबक्स गणका गणपति रविन थापाले बताए ।

हिमपातले कर्णाली राजमार्गको विर्तामोडमा ठूलो पहिरो गएको छ । पहिरोले यातायात अवरुद्ध भएको छ । जुम्ला विमानस्थलको हिउँ भने पन्छाउन सकिएको छैन ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : २८ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो