२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एक वर्षमा २० किलो नुन पाउछन् मुगाली



मुगु । ‘सुनको सिरानी गरी नुनको खोजी गर्ने हिमाली जिल्ला मुगुका नागरिक एक वर्षमा २० किलोग्राम मात्र नुन पाउने गरेका छन् । जिल्लाको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदान पाउने नुनमा चित्त बुझाएका छन् ।

विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन उपभोग गर्न बाध्य स्थानीयलाई यस वर्ष भने सरकारले खत्याडमै नुन पठाएको छ । घरआँगनमै २० किलो नुन पाउँदा खुसी भएको खत्याड गाउँपालिका वडा नं १ का स्थानीय मानबहादुर बुढाले बताए ।

सरकारले एक परिवारलाई दिएको २० किलो नुन अपर्याप्त रहेको उनको गुनासो छ । ुघर आँगनमै नुन आउँदा खुसी भएका छौ, तैपनि यो नुन निकै कम हो । घरमा भेडाबाख्रा, भैंसीलगायत पशु चौपायालाई यसले पुग्दैन,ु उनले थपे । हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा नेपाल सरकारले विगतका वर्षहरुदेखि आयोडिनयुक्त नुन अनुदानमा वितरण गर्दै आइरहेको छ ।

विकट हिमाली जिल्ला मुगुमा रहेका छायाँनाथ रारा नगरपालिका र मुगमकामारोङ गाउँपाालिकामा रहेका स्थानीय नागरिकलाई साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीको डिपो कार्यालय गमगढी बजारबाट नियमित नुन वितरण गर्दे आईरहेको छ । सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा भने वार्षिक रुपमा कम्पनीबाट अनुदानको आयोडिन नुनको कोटा छुट्याएको हुन्छ । सोहीअनुसार चालू आव २०७८र०७९ मा खत्याड गाउँपालिकाको लागि स्वीकृत एक हजार क्विन्टल अनुदानको नुन ४२ सय घरधुरीलाई ९ रुपैयाँको दरले प्रतिघर २० किलो र अन्य कर्मचारीहरुलाई मिलाएर वितरण गरिएको छ ।

सोरु गाउँपालिकामा माघ महिनाको अन्तिमसम्म नुन वितरण गरिने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा मुगुका डिपो प्रमुख खगेन्द्र कार्कीले बताए ।
माथिल्लो मुगुमा भने स्थानीयले तिब्बतबाट ढिके नुन ल्याएर उपभोग गर्दै आएका छन् । सहजै आयोडिनयुक्त नुन नपाइने भएपछि ५ गाविसका स्थानीय तिब्बत जाने गरेका हुन् । साल्ट ट्रेडिङले भने गोदाम आइपुग्ने जोसुकैलाई आवश्यकताअनुसार नुन दिने गरिएको जनाएको छ ।

जिल्लामा वार्षिक नुनको स्वीकृत कोटा ५ हजार ८ सय क्विन्टल छ । सोरु र खत्याड भेगका १४ गाविसका लागि ठेकेदारले साँफेबगरबाट नुन ढुवानी गर्ने गरेका छन् । सदरमुकाममा भने नेपालगन्जबाट गाडीमार्फत ढुवानी हुने गरेको छ ।

सोरु र खत्याड भेगका लागि नुन अझै पर्याप्त छैन । सोरु र खत्याड भेगका लागि करिब १० हजार क्विन्टल नुन आवश्यक देखिएको छ । सोरु भेगका ७ गाविसका निम्ति पर्याप्त नुन नहुँदा स्थानीय दुई दिन हिँडेर सदरमुकाम आई भेडा र खच्चडमा बोकाएर नुन लैजाने गरेका छन् । सदरमुकाम गमगढी बजारमा पनि लामो समय सम्म पालो कुरेपछि मात्र नुन पाईने गरेको यहाँका स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : २२ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव