४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाली क्रिकेट टोली आज ओमान जाँदै



काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) ओमान प्रस्थान गर्दैछ ।

विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

ग्लोबल छनोटमा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनोटका खेल फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ ।

छनोट चरणको समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।नेपालले छनोट चरणको पहिलो खेल ओमानविरुद्ध खेल्दै छ ।

नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ। नेपालको दोस्रो खेल फेब्रुअरी १९ मा फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ । नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।

फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । छनोटको फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

छनोट अघि नेपालले ओमानमा चारदेशीय टी-ट्वान्टी सिरिज खेल्ने क्यानले जनाएको छ । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् । यस सिरिजलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : २३ बजे

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो