४ पुस २०८२, शुक्रबार | December 19, 2025

सहिद स्मारक ए डिभिजन लिग :  मछिन्द्र विजयी



काठमाडौं । रेलिगेसनबाट बच्न संघर्षरत च्यासल युथ क्लबविरुद्ध २–० को जितसहित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा स्ट्राइकर विमल घर्तीमगर र सुनिल बलले गरेको गोल मछिन्द्रको सहज जितमा पर्याप्त बन्यो ।

मछिन्द्र १० खेलमा २६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा मात्र ५ अंक बटुलेको च्यासल अन्तिम स्थानमा छ । मछिन्द्रले दोस्रो स्थानको मनाङमाथि ७ अंकको अग्रता लिएको हो ।शनिबार नै हुने दोस्रो खेलमा मनाङले थ्री स्टार क्लबललाई हराएमा मछिन्द्रको अग्रता पुनः ४ अंकमा झर्नेछ ।

१६औँ मिनेटमा विमललको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । रक्षक रञ्जित धिमालको कर्नरमा विमलले हेडरमार्फत बललाई जाली चुमाएका थिए ।

३५औँ मिनेटमा सुनिल बलले विमलको पासमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । जारी लिगमा सुनिलको यो छैटौँ गोल हो ।

यसअघि १२औँ मिनेटमा पहिलो रोजाईका गोलकिपर अर्पन कार्की खुट्टाको चोटका कारण मैदानबाट बाहिरएपछि च्यासल निराश भएको थियो । विमलसँग जुध्दा अर्पन घाइते भएका थिए । उनको स्थानमा दोस्रो रोजाईका गोलकिपर प्रदिप भण्डारी मैदान प्रवेश गरेका थिए ।

६६औँ मिनेटमा मछिन्द्रका स्ट्राइकर मनिस डाँगी मैदानमा ढलेपछि खेल करिब सात मिनेट रोकिएको थियो । च्यासलका यानिक केइचासँग जुध्दा मनिस केही समय बेहोस भएका थिए । मैदानमै गरिएको प्राथमिक उपचारपछि होस आएपछि मनिसलाई अस्पताल पुर्याइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : १७ बजे

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो