१४ चैत्र २०८२, शनिबार | March 28, 2026

द ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’ आयोजना हुने



काठमाडौँ । द ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । ‘फर गुड’ र ‘फर प्रोफिट’ विद्यार्थीहरूको नेतृत्वमा उद्यमहरूको सुरुवातको लागि विश्वको सबैभन्दा ठूलो इन्जिन ‘हल्ट पुरस्कार’ हो । सन् २०२०/२१ मा प्राप्त गरेको ठूलो सफलता पछ्याउँदै, हल्ट पुरस्कार एक पटक फेरि ब्रिटिश कलेजमा हुँदैछ । यस वर्षको थिम ‘गेटिङ द वल्र्ड व्याक टु वर्क’ रहेको छ ।

बीबीए लेभल ५ का विद्यार्थी र ब्रिटिस कलेजको हल्ट पुरस्कारका क्याम्पस डाइरेक्टर ग्रिशम तिवारीको नेतृत्वमा १५ भन्दा बढी उत्साही व्यक्तिहरुको टोलीले यो कार्यक्रम आयोजना गर्न कडा परिश्रम गरिरहेको छ । यो प्लेटफर्मले ब्रिटिस कलेजका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रस्पिर्धा गर्ने अवसर प्रदान गर्नेछ । यो अवसर अन्तर्गत एक मिलियन डलर बराबरको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

आयोजना हुन गइरहेको यो प्रतियोगितामा तीन देखि चार जना विद्यार्थीको टोलीले आफ्नो सामाजिक उद्यम योजनालाई उचाई दिन एकसाथ काम गर्नेछन् । प्रत्येक टोलीले प्रशिक्षण सत्रमा भाग लिनेछन्, साथै विशेषज्ञहरुको सुझाव पनि प्राप्त गर्नेछन् । त्यस्तै उनीहरुले प्रायोजकहरुबाट पुरस्कार पाउन विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।

हल्ट पुरस्कारबारे जानकारी दिन सहभागिहरुलाई भर्चुअल अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

केक सेवा, उद्यमी इनोभेसन र भरेन्द्र युनिभर्सिटी इन्टरनेशनल अफेयर्स काउन्सिल लगायतले यो कार्यक्रम प्रायोजनका लागि ब्रिटिस कलेजसँग पार्टनर्सिप गरेका छन् ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ६ : ५० बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको