१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनोट



लमजुङ । राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन् ।

राईनासका आठ, बेसीशहरका ६ र सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन् । त्यस्तै, दोर्दीका पाँच, मध्यनेपालका चार, मर्स्याङ्दीका तीन र दुधपोखरी गाउँपालिकाको एउटा विद्यालय छनोट भएको छ ।

शिक्षा तथा मानव स्रोतत विकास केन्द्रका अनुसार छनोट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ । त्यस्तै, शिक्षामा नविन प्रविधि प्रवर्द्धनमा १७ र एउटा विद्यालय प्रयोगशालाका निम्ति छनोट भए ।

आठ वटा विद्यालयमा चार कोठे भवन बन्नेछ भने नौ वटा विद्यालयमा दुई कोठे भवन बन्ने छ । जिल्लामा गत वर्ष सोही कार्यक्रम अन्तर्गत १६ विद्यालय छनोटमा परेका थिए ।

छनोट भएका विद्यालयले ६ लाख ५० हजारदेखि ३६ लाख रुपैयाँसम्म अनुदान पाउने छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ११ : ४० बजे

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग

गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो

काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा