१५ बैशाख २०८१, शनिबार | April 27, 2024

साइकल मार्फत बाँके-बर्दिया घुमाइदै, ‘टुर डे ठाकुरद्वारा’ को तयारी तिब्र



नेपालगन्ज । सन् २०१९ देखि प्रत्यक बर्ष नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्दै आइरहेको नेपालकै उत्कृष्ट साइक्लिङको इभेन्ट ‘टुर डे ठाकुरद्वारा’को चौथो सस्करण आउँदो फागुन २० र २१ गते आयोजना हुने भएको छ ।

‘सस्कृति, प्रकृति, पर्यटन र खेल’ भन्ने नारा सहित चौथो सस्करणको तयारी तीब्र पारिएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिएका छन् । यश बर्ष नेपालगन्ज साइकल उत्सव अन्तर्गत क्लबले ‘टुर डे ठाकुरद्वारा’को चौथो सस्करण गर्न गइरहेको कार्यक्रम संयोजक प्रेम केसीले बताए । संयोजक केसीका अनुसार कार्यक्रममा भारत बाट १० जना, महिला ३० जना र काठमाडौ , भक्तपुर , ललितपुर , पोखरा , उदयपुर , बुटवल , हेटौंडा , बारा, पर्सा, चितवन , कपिलवस्तु , भैरहवा , दाङ , सुर्खेत , धनगढी , महेन्द्रनगर , बिराटनगर , धरान, इटहरी , झापा, नुवाकोट, नवलपरासी तथा बाँके, बर्दिया गरि २०० बढी साइक्लिस्टहरुले सहभागिता जनाउने अपेक्षा गरिएको संयोजक केसीले बताए ।

बाँके र बर्दियाका पर्यटकिय गन्तव्यको प्रचारप्रसार र पर्यटन पर्वद्धनको उद्देश्य राखेर कार्यक्रम गरिदै आएको आयोजक नेपालगन्ज साइक्लिङ क्लबका सचिव प्रदीप सापकोटा बताए ।

‘हामीले यो बर्ष चौथो सस्करण गर्दै छौं, सफलता पुर्वक आयोजना गरिएको बिगतका ३ सस्करणको सहभागिता , कार्यक्रम बाट प्राप्त उपलब्धि , सहभागीहरु को प्रतिक्रियाले पनि हाम्रो कार्यक्रम देशभर मै स्थापित भएको छ,’ क्लब अध्यक्ष सतिश निरौलाले भने, -‘यो नेपाल मा आयोजना गरिने साइकलका इभेन्ट भित्र स्थापित भैसकेको छ । हामी यसलाई साइकल को कुम्भू का रूपमा स्थापित गर्ने छौं ।’

नेपालको पुरानो शहर नेपालगन्जमा साइकलका माध्यमबाट देशभर र भारत बाट समेत सयौं मानिसहरुलाइ बोलाएर हामीले बाके र बर्दिया घुम्ने माहोल बनाएको बताउँदै निरौलाले ‘टुर डे ठाकुरद्वारा’ अब सिङ्गो शहरको कार्यक्रम बन्नु पर्ने बताए ।

फागुन १९ गते देशभर र भारतबाट सहभागी नेपालगन्ज आइपुग्ने छन् र त्यो दिन पुरा उनिहरुलाइ नेपालगन्ज घुमाइने छ, निरौलाले भने, ‘२० गते बिहान् सबैलाई बागेश्वरी मन्दिरमा जम्मा गरि औपचारिक कार्यक्रम शहित यात्रा सुरु हुनेछ ।

नेपालगन्ज नगर परिक्रमा गर्दै २०० जना साइकलेहरुको टिम जानकी , खजुरा हुँदै बढैयाताल भएर बासगढी, भुरीगाउ हुँदै १०० किलोमीटरको साइकल यात्रा पुरा गरि ठाकुरद्वारा पुग्ने नेपालगन्ज साइकल उत्सव मुल आयोजक समिति संयोजक तथा क्लबका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र दीप कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : २६ बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल