१४ चैत्र २०८२, शनिबार | March 28, 2026

ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’ दुबईमा



दुबई । द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा पनि यही शनिबारका दिन ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ ।
सन् २००३ देखि द ब्रिटिस एजुकेशन ग्रुप सञ्चालनमा रहेको छ । काठमाडौँको द ब्रिटिस कलेजसहित लण्डन र नेपालमा द ब्रिटिस एजुकेशन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ ।

दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा यो कलेज रहेको छ । यो टिबिसी र द ब्रिटिस एजुकेशन ग्रुपका लागि विशेष गौरवको क्षण हो । यस शैक्षिक क्षेत्रमा गरिएको लगानीले नेपाली विद्यार्थीहरु लाभान्वित हुनेछन् । नलेज भिलेजको कन्फ्रेन्स सेन्टरमा उद्घाटन कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अर्ल लिमेरेकले स्वागत मन्तव्य दिएका थिए । उनले भने,‘ शिक्षामा परिवर्तन समयको माग हो, र भविष्यको रोजगारी तथा व्यवसायी बन्नका लागि आवश्यक सबै सीपहरूमा विद्यार्थीहरु निपुण हुन् भन्ने सुनिश्चितता हामीले गर्नुपर्दछ ।’

त्यस्तै सिइओ राजन कडेँलले भने,‘सुनौलो भविष्य निर्माणका लागि सर्वसुलभ मुल्यमा गुणस्तीय शिक्षा अपरिहार्य छ । यसका लागि हामीले कडा मेहेनत गर्दै आइरहेका छौँ ।’

कार्यक्रममा प्रिन्सिपल माइक ग्रिफफित्स, विशाल भट्टराई, मिनिस्टर काउन्सलर अफ दि एमबेसी अफ नेपाल), द ब्रिटिस एजुकेशन ग्रुपका निर्देशक महेन्द्रराज कडेँलको उपस्थिति रहेको थियो ।

बोर्डका सल्लाहकार डा. खालिद हेनकिरले भने,‘ विद्यार्थीहरू नयाँ भविष्यको लागि तयार छन् भनी सुनिश्चित गर्नको लागि मिडल इस्टमा परिवर्तित र चुस्त व्यवस्थापन तर्फ काम गर्न म अत्यन्तै केन्द्रित छु ।’

प्रमुख व्यापारिक हवहरुको नजिक रहेको द उलविच इन्स्टिच्युट विद्यार्थीहरुलाई विभिन्न खालका अवसर प्राप्त गर्ने बाटो बन्नेछ । नलेज भिलेजको केन्द्रमा रहेको क्याम्पस दुवई मिडिया सिटी, दुवई इन्टरनेट सिटी, दुवई मरिना र पाल्म जुमेरियाह नजिक रहेको छ । यहाँ विश्वस्तीय क्याफेटेरिया र आधुनिक सुविधाहरु प्राप्त हुनेछ । जसलाई विद्यार्थीहरुले सर्वसुलभ मुल्यमा प्राप्त गर्नेछन् ।

द ब्रिटिस एजुकेशन ग्रुपले आफ्ना विद्यार्थीहरुलाई नेपाल, दुवई र लण्डनमा क्रेडिट ट्रान्सफर गर्दै अन्तर्राष्ट्रिय अनुभव दिनका निम्ति यी सहरहरुमा सेमिष्टर अनुसार आफुलाई ट्रान्सफर गर्दै पढ्न पाउने अवसर प्रदान गर्न गरिएको यो एउटा नयाँ पहल हो ।

उक्त नलेज भिलेजमा विश्वका आधा दर्जनभन्दा बढी विश्वविद्यायहरु सञ्चालनमा आएका छन् । त्यस स्थानका विद्यार्थीहरु खेल्ने, मनोरञ्जन गर्ने तथा अतिरिक्त नलेज लिने ठाउँ एउटै व्यवस्था भएको हुँदा उलविचमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि ती सबै युनिभर्सिटीका विद्यार्थीहरुसँग अन्तर्राष्ट्रिय अनुभवको साटफेर हुनबाट लाभान्वित हुने देखिन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : ४६ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको