२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विदेशमा रहेका नेपाली नागरिक उद्दार गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले विदेशमा समस्यामा रहेका नेपाली नागरिकको उद्दार गर्ने तयारी सुरु गरेको छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने विषयमा छलफल भएको छ ।

उच्चस्तरीय समितिमा स्थलमार्ग हुँदै भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार नेपाली ल्याउने प्रस्ताव पेश भएको छ । सचिवस्तरीय कार्यदलले समितिमा पेश गरेको प्रस्तावमा रोजगारी गुमाएका, आमामाफी पाएका, विद्यार्थीहलाई पहिलो प्राथमिकतामा राखिने जनाइएको छ ।

उद्दार गरेर ल्याएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिनेछ । यसको खर्च भने आफैले व्यहोर्नुपर्नेछ । क्वारेन्टाइनमा रहेको समयमा कोरोनापरीक्षण नेगेटिभ आए मात्र उनीहरु घर जान पाउनेछन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ६ : ०५ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार