२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाली मुलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप फाइभमा



काठमाडौं । अमेरिका निवासी नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको टप फाइभमा पुगेका छन् ।

आफुलाई आर्थर गन भन्न रुचाउने पोखरेल अब विजेता बन्नका लागि उनलाई धेरै भोटको आवश्यकता परेको छ। टप फाइभको घोषणासँगै भोटिङ खुल्ला भएको हो ।

शो सुरु हुनासाथ अमेरिकन आइडलको टप फाइभ घोषणा गरिएको थियो ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्डमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

रियल टाइम भोटिंगमा दिवेसले अधिक भोट पाए भने उनले पहिलो नेपाली युवा बन्नेछन् जसले अमेरिकी आइडलमा आफ्नो इतिहास लेख्न सक्नेछन् । आजै अमेरिकन आइडलको घोषणा हुनेछ । ।

भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिन्छ । एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिन्छ ।

त्यस्तै, अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिन्छ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ७ : २६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष